Advertisement
Advertisement
Corporate Samachar
८ भाद्र २०८३, सोमबार
Advertisement
Advertisement

१९ अंकले घट्यो नेप्से, २६ सयको मनोवैज्ञानिक विन्दुबाट तल झर्‍यो

१९ अंकले घट्यो नेप्से, २६ सयको मनोवैज्ञानिक विन्दुबाट तल झर्‍यो
विज्ञापन
Advertisement

काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १९.१३ अंकले घटेर २ हजार ५९९.५८ विन्दुमा झरेको छ। बजार कारोबारका क्रममा नेप्से २ हजार ५९३ विन्दुसम्म तल पुगेको थियो।

विज्ञापन
Advertisement
Advertisement

लामो समयदेखि २६ सयको मनोवैज्ञानिक विन्दुको आसपास रहँदै आएको नेप्से उक्त तहबाट तल झरेपछि लगानीकर्तामा थप दबाब र अन्योल देखिएको छ। कारोबारको सुरुवातमा बजार केही बलियो देखिए पनि अन्तिमतिर बिक्री चाप बढ्दा नेप्से दोहोरो अंकले घटेर बन्द भएको हो।

सोमबार धितोपत्र तथा ऋणपत्र गरी ३५० कम्पनीको ३ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्सको १२ करोड रुपैयाँ, सोलु हाइड्रोपावरको ११ करोड रुपैयाँ तथा साहस ऊर्जाको १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

समग्र बजार घटे पनि केही कम्पनीको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ। सर्वोत्तम पेन्ट्स, धौलागिरी लघुवित्त वित्तीय संस्था, सीवाईसी लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावरको शेयर मूल्य ६.२७ प्रतिशतदेखि १४.९९ प्रतिशतसम्म बढेको छ।

यता, घटेको बजारमा पञ्चकन्या माई हाइड्रोपावर, वेन नेपाल लघुवित्त वित्तीय संस्था, एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड र माउन्ट एभरेस्ट डेभलपमेन्ट बैंकको शेयर मूल्य ७।७६ प्रतिशतदेखि ९।८३ प्रतिशतसम्म घटेको छ।

सोमबार कारोबारमा आएका १३ वटै उपसमूहका सूचक घटेका छन्। उपसमूहतर्फ सबैभन्दा बढी गिरावट जलविद्युत् उपसमूहमा देखिएको छ भने निर्जीवन जीवन बीमा उपसमूहको सूचक पनि १.१२ प्रतिशतसम्म घटेको छ।

बजारमा लगातार देखिएको गिरावटसँगै २६ सयको मनोवैज्ञानिक तह गुमेपछि अब नेप्सेले कुन तहमा आधार बनाउँछ भन्ने विषय लगानीकर्ताका लागि चासोको विषय बनेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit