काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार एक सय रुपैयाँले घटेर ३ लाख ४ हजार ३ सय रुपैयाँमा कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार सुनको मूल्य एकैदिन २ हजार ५ सय रुपैयाँले बढेको थियो।
यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ४० रुपैयाँले घटेको छ। शुक्रबार ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७ सय २५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। पछिल्ला दिनमा सुनको मूल्यमा उल्लेख्य उतारचढाव देखिएको छ। बिहीबार सुनको मूल्य प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ९ सय रुपैयाँ पुगेको थियो। त्यसअघि बुधबार सुनको मूल्य एकैदिन ८ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार सुन प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार ३ हजार रुपैयाँले घटेर ३ लाख ६ हजार रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ। सुन–चाँदीको मूल्यमा पछिल्ला दिनमा लगातार उतारचढाव देखिँदा बजारमा लगानीकर्ता तथा उपभोक्ताको चासो बढेको देखिन्छ।














प्रतिक्रिया दिनुहोस्