Advertisement
Advertisement
Corporate Samachar
८ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

घटेको सुन–चाँदीको मूल्यमा पुनः वृद्धि, सुन प्रतितोला ५०० रुपैयाँले बढ्यो

घटेको सुन–चाँदीको मूल्यमा पुनः वृद्धि, सुन प्रतितोला ५०० रुपैयाँले बढ्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा पछिल्लो केही सातादेखि निरन्तर घटिरहेको सुनचाँदीको मूल्यमा पुनः वृद्धि देखिएको छ। मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार १४५ रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले महँगिएको हो। सोमबार सुन प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँ र चाँदी ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो।

यसअघि सुनको मूल्यमा लगातार ठूलो गिरावट आएको थियो। गत मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएकोमा बुधबार २ लाख ६० हजार ९०० र बिहीबार २ लाख ५७ हजार ६०० रुपैयाँमा झरेको थियो।शुक्रबार सुनको मूल्य एकैदिन प्रतितोला १२ हजार २०० रुपैयाँले घटेर २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको थियो। आइतबार थप २ हजार ८०० रुपैयाँले घट्दै सुनको मूल्य २ लाख ४२ हजार ६०० रुपैयाँमा झरेको थियो।

यसरी गत मंगलबारदेखि आइतबारसम्म सुन प्रतितोला २४ हजार ६०० रुपैयाँले सस्तिएको थियो। त्यस्तै, तिहारअघि कात्तिक २३ गते प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँसम्म पुगेको सुनको मूल्य आइतबार (मंसिर ६ गते) सम्म आइपुग्दा ४१ हजार ७०० रुपैयाँले घटेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको थियो। गत मंगलबार प्रतितोला ३ हजार ४९० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार ३ हजार ३८०, बिहीबार ३ हजार ३३५ र शुक्रबार ३ हजार ११० रुपैयाँमा झरेको थियो। आइतबार थप घटेर प्रतितोला ३ हजार ६५ रुपैयाँ कायम भएको थियो। यसअनुसार मंगलबारदेखि आइतबारसम्म चाँदी प्रतितोला ४२५ रुपैयाँले सस्तिएको थियो। तर, त्यसपछि सोमबार र मंगलबार लगातार मूल्य बढेपछि सुनचाँदी बजारमा पुनः वृद्धि देखिएको छ।

केही सातायता अन्तर्राष्ट्रिय बजारको प्रभावसहित विभिन्न कारणले सुनचाँदीको मूल्यमा तीव्र उतारचढाव देखिँदै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit