काठमाडौं । नेपाली बजारमा गत मंगलबारदेखि ओरालो लागेको सुनको मूल्यले यसदिन पनि घट्ने क्रममा निरन्तरता पाएको छ।
अघिल्लो कारोबार दिन (मंगलबार) प्रतितोला पाँच सय रूपैयाँले सस्तिएको सुनको मूल्य आज एकैदिन प्रतितोला आठ हजार ८०० रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको दुई लाख ९७ हजार ३०० रूपैयाँ निर्धारण गरिएको छ। मंगलबार सुन प्रतितोला तीन लाख ६ हजार १०० रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चार हजार सात सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा चार हजार पाँच सय ८० रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ८५ रूपैयाँले कम हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय पाँच अमेरिकी डलरमा कारोबार भइरहेको छ।















प्रतिक्रिया दिनुहोस्