Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

सुन-चाँदीको भाउ बढ्यो, कारोबार मूल्य कति ?

सुन-चाँदीको भाउ बढ्यो, कारोबार मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं। यो साताको पहिलो कारोबार दिन नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो कारोबार दिन(शुक्रबार) तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको सुनको मोल आइतबार १२ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ। गत शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यसअघि बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार एकैदिन २ सय ५५ रुपैयाँको घटेर ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला हजार ४ हजार ६६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ६० रुपैयाँ बढी हो ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit