वीरगंज । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो बजार विस्तार अभियानलाई निरन्तरता दिँदै वीरगंजमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ।
कम्पनीले आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गर्ने क्रममा नगवास्थित अप्सरा सप्लायर्समार्फत नयाँ शोरूम सञ्चालनमा ल्याएको हो। बिहीबार आयोजित समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वर्ल्ड २०२६ दीपमाला ढकालको उपस्थितिमा शोरूमको औपचारिक उद्घाटन गरिएको हो। कार्यक्रममा अप्सरा सप्लायर्सका प्रतिनिधिहरूको समेत सहभागिता थियो।
नयाँ शोरूम सञ्चालनमा आएसँगै वीरगंज तथा आसपासका क्षेत्रका घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट र इन्टेरियर डिजाइनरले कजारियाका विभिन्न डिजाइनका फ्लोर तथा वाल टायल सहज रूपमा अवलोकन र छनोट गर्न सक्नेछन्। शोरूममा आधुनिक डिजाइन, आकर्षक प्याटर्न, विविध टेक्स्चर तथा फिनिसिङका टायल राखिएका छन्। ग्राहकले आफ्नो घर, कार्यालय तथा व्यावसायिक परियोजनाको आवश्यकता र रुचिअनुसार उपयुक्त टायल छनोट गर्न सक्ने कम्पनीले जनाएको छ।
शोरूम उद्घाटनका क्रममा निर्देशक अग्रवालले आधिकारिक डिलर नेटवर्कमा अप्सरा सप्लायर्सलाई समावेश गर्न पाउँदा खुसी व्यक्त गरे। वीरगंजमा नयाँ शोरूम सञ्चालनले ग्राहकलाई कम्पनीका विविध डिजाइनका टायलसम्म सहज पहुँच उपलब्ध गराउने र घर निर्माण तथा पुनर्निर्माणका आवश्यकता पूरा गर्न सहयोग पुग्ने उनको भनाइ छ। ‘हामी ग्राहकहरूलाई हाम्रा विविध डिजाइनका सङ्ग्रहहरूको पहुँचमा ल्याउँदै घर निर्माण तथा पुनर्निर्माणका आवश्यकताहरू पूरा गर्न डिजाइन, टिकाउपन र उत्कृष्ट कार्यसम्पादनको संयोजन भएका उत्पादनहरू उपलब्ध गराउन चाहन्छौँ,’ निर्देशक अग्रवालले भने।
ग्राहकलाई सुविधाजनक खरिद अनुभव प्रदान गर्ने उद्देश्यले व्यवस्थित गरिएको शोरूमले वीरगंजको निर्माण तथा आवाससम्बन्धी बजारमा कम्पनीको उपस्थिति थप विस्तार गर्ने अपेक्षा गरिएको छ। शोरूमले सर्वसाधारणका लागि सेवा सुरु गरिसकेको छ। कम्पनीले नगवा, वीरगंज तथा आसपासका क्षेत्रका ग्राहकलाई शोरूममा पुगेर टायलका नवीनतम सङ्ग्रह अवलोकन गर्न आग्रह गरेको छ।
३ हजारभन्दा बढी डिजाइन, देशभर १०० भन्दा बढी शोरूम
कजारिया रमेश टायल्स लिमिटेडले उच्च प्रविधि र विश्वस्तरीय गुणस्तरका मापदण्डअनुसार सञ्चालन हुने नेपालको सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरेको कम्पनी हो । नेपाली टायल उद्योगमा आफ्नो पहिचान स्थापित गरेको कम्पनीले उत्पादनको विविधता, गुणस्तर र वितरण सञ्जाल विस्तारलाई प्राथमिकता दिँदै आएको छ। कम्पनीका अनुसार कजारियाले सुपरब्रान्ड २०२५ को मान्यता प्राप्त गरेको छ। त्यस्तै, ‘एशियाज् मोस्ट प्रमिसिङ ब्रान्ड’ को पहिचान तथा विश्वको आठौँ ठूलो टायल उत्पादकका रूपमा आफ्नो स्थान कायम गरेको जनाएको छ।
गुणस्तर व्यवस्थापन र वातावरणीय दिगोपनाप्रतिको प्रतिबद्धतालाई ISO 9001:2015 र ISO 14001:2015 प्रमाणीकरण तथा इन्डियन ग्रीन बिल्डिङ काउन्सिल (IGBC) को सदस्यताले प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ। कम्पनीले NS Quality Award २०२६ समेत प्राप्त गरेको छ। कम्पनीका अनुसार कजारियाले सुपरब्रान्ड २०२५ को मान्यता प्राप्त गरेको छ। त्यस्तै, ‘एशियाज् मोस्ट प्रमिसिङ ब्रान्ड’ को पहिचान तथा विश्वको आठौँ ठूलो टायल उत्पादकका रूपमा आफ्नो स्थान कायम गरेको जनाएको छ। ३ हजारभन्दा बढी डिजाइन विकल्प र नेपालभर १०० भन्दा बढी शोरूमको सञ्जालमार्फत कम्पनीले आवासीय तथा व्यावसायिक प्रयोजनका लागि विभिन्न प्रकारका टायल उपलब्ध गराउँदै आएको छ। उत्पादन सङ्ग्रहमा ग्लेज्ड भिट्रिफाइड टायल, सेरामिक वाल टायल तथा हेभी ड्युटी भिट्रिफाइड टायल समावेश छन्।
ग्लेज्ड भिट्रिफाइड टायलअन्तर्गत ६० × १२० सेन्टिमिटर, ६० × ६० सेन्टिमिटर, ८ मिलिमिटर मोटाइका ४० × ४० सेन्टिमिटर तथा १९.५ × १२० सेन्टिमिटर आकारका विकल्प उपलब्ध छन्। त्यसैगरी, सेरामिक वाल टायलअन्तर्गत ३० × ६० सेन्टिमिटर र ३० × ४५ सेन्टिमिटर आकारका एचडी पोलिस्ड टायल समावेश छन्। हेभी ड्युटी भिट्रिफाइड टायलतर्फ १२ मिलिमिटर मोटाइका ४० × ४० सेन्टिमिटर आकारका टायल उपलब्ध रहेको कम्पनीले जनाएको छ। कम्पनीका यी उत्पादनले आधुनिक डिजाइनसँगै टिकाउपन, मजबुती तथा पानी र दाग प्रतिरोधी क्षमताको संयोजन प्रदान गर्ने जनाइएको छ। विविध आकार, डिजाइन र फिनिसिङका विकल्पमार्फत ग्राहकको फरक–फरक आवश्यकता सम्बोधन गर्ने लक्ष्य राखेको कजारियाले नयाँ शोरूम सञ्चालनसँगै वीरगंज र आसपासका बजारमा आफ्नो पहुँच थप फराकिलो बनाएको छ।















प्रतिक्रिया दिनुहोस्