Advertisement
Advertisement
Corporate Samachar
१५ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

देशका धेरै स्थानमा मध्यम वर्षा र हिमपात, भारी वर्षाको चेतावनी जारी

देशका धेरै स्थानमा मध्यम वर्षा र हिमपात, भारी वर्षाको चेतावनी जारी
विज्ञापन
Advertisement

काठमाडौं। बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको अवशेष र पश्चिमी वायुको आंशिक प्रभावले आज देशभर बादल लागिरहेको र केही क्षेत्रमा वर्षा भइरहेको छ। हिमाली क्षेत्रमा मध्उम देखि भारी हिमपातसमेत भइरहेको छ।

विज्ञापन
Advertisement
Advertisement

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। राति भने अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना छ । भोलि पनि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुने अनुमान छ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेकाले सर्तकता अपनाउन भनिएको छ।

मौसमविद् मनिषा निरौलाका अनुसार गएको २४ घण्टामा सोलुखुम्बुको पिकार्नास मौसम मापन केन्द्रमा सबैभन्दा बढी ५१.४ मिलिमिटर वर्षा मापन भएको छ। महाशाखाले आज कोसी, वाग्मती र गण्डकीमा भारी हिमपातको चेतावनी दिएको छ। चेतावनी नक्सा जारी गर्दै महाशाखाले सुन्तला रङले संकेत गरिएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। यद्यपी, आज रातिदेखि मौसम क्रमशः सुधार हुँदै जाने महाशाखाले जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit