Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल एसबिआई बैंक सञ्चालकले कर्मचारीसँग लिए एन्टी मनी लाउन्डरिङ प्रावधान पूर्ण कार्यान्वयनको बाधा

नेपाल एसबिआई बैंक सञ्चालकले कर्मचारीसँग लिए एन्टी मनी लाउन्डरिङ प्रावधान पूर्ण कार्यान्वयनको बाधा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका सञ्चालकहरुले आफ्ना सबै कर्मचारीहरुसँग संस्थामा उच्च रुपमा एएमएल र सीएफटी का प्रावधानहरु पालना गर्ने/गराउने सम्बन्धमा प्रतिज्ञा खुवाएर बाधा लिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार ‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’ को अवसरमा बैंकको सबै कार्यालयका कर्मचारीहरूद्वारा सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउने प्रतिज्ञा लिएका हुन् ।

बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले प्रधान कार्यालय, काठमाडौंमा बुधबार सम्पूर्ण कर्मचारीहरुलाई एक कार्यक्रमका बीच एन्टी मनी लाउन्डरिङ (एएमएल) तथा कम्ब्याटिङ द फाइनान्सिङ अफ टेररिज्म (सीएफटी) सम्बन्धी प्रावधानहरु पढ्न लगाई प्रतिज्ञा गराएका हुन् ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, प्रबिण मुनि बज्राचार्य र अन्य वरिष्ठ पदाअधिकारीहरूको उपस्थिति रहेको बैंकले जनाएको छ । सो अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरुले समेत आ–आफ्ना कार्यालयहरुमा प्रतिज्ञा लिएका छन् । नेपाल सरकारले माघ १४ गतेलाई राष्ट्रिय सम्पत्ति शुद्धिकरण निवारण दिवसको रुपमा मनाउँदै आएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit