Advertisement
Advertisement
Corporate Samachar
१ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

दूधको मूल्य वृद्धि गर्न किसानको माग

दूधको मूल्य वृद्धि गर्न किसानको माग
विज्ञापन
Advertisement

चितवन । किसानले दूधको मूल्य वृद्धि गर्न माग गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले बजारमा दानाको मूल्य वृद्धि भएसँगै दूधको मूल्य वृद्धि गर्न माग गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत आयोजना गरी दूधको सङ्घका अध्यक्ष किशोर वगालेले दाना चोकरको मूल्य वृद्धि भएसँगे दूधको मूल्य वृद्धि बढाउनुपर्ने बताएका हुन्। उनले विसं २०७९ मा वृद्धि भएको दूधको मूल्य त्यसपछि वृद्धि नभएको बताएका हुन् ।

अहिले दूध उत्पादक किसानले प्रतिलिटिर चार फ्याट र आठ एचएनएफ भएको दूधको मूल्य रु ६५ पाउने गरेका छन् । यो मूल्यलाई बढाएर कच्चा दूध प्रतिलिटर रु ७५ पुर्‍याउनुपर्ने माग सङ्घले गरेको छ । दाना चोकरको मूल्य वृद्धि भएसँगै दूधको लागत मूल्यमा समेत वृद्धि भएको उनले जानकारी दिए।

उनले भने ‘दसैँअघि देखि दूधको मूल्य वृद्धि गर्न माग गरिएकोमा अहिलेसम्म पनि वृद्धि हुन सकेको छैन ।” आफूहरुले दूधको मूल्य वृद्धिको माग गर्दै सरोकारवाला निकायमा भेट गरी मूल्य वृद्धिको माग गरेको बताए ।

सामान्य अवस्थामा दूधको लागत मूल्य प्रतिलिटर रु ५५ देखि ६० पर्ने गरेको छ । अहिले दाना चोक्करको मूल्य बढेपछि लागत मूल्य पनि बढेको उनले जानकारी दिए।

अहिले जिल्लामा दैनिक तीन लाख ५५ हजार लिटर दूध उत्पादन हुँदै आएको छ । उत्पादित दूधमध्ये ५५ प्रतिशत बाहिरी जिल्लामा जाने गरेको छ । जिल्लामा ११५ दुग्ध उत्पादक सहकारीमार्फत दूध सङ्कलन गरेर बजारमा पुर्‍याउँदै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit