Advertisement
Advertisement
Corporate Samachar
२९ कार्तिक २०८३, आईतवार
Advertisement
Advertisement

धान बिक्रीको पर्खाइमा किसान

धान बिक्रीको पर्खाइमा किसान
विज्ञापन
Advertisement

राँझा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्न स्थानीय किसान प्रतिक्षारत रहे पनि हालसम्म आवश्यक प्रक्रिया सुरु हुन सकेको छैन ।

विज्ञापन
Advertisement
Advertisement

लामो समयदेखि सो कम्पनीलाई धान बिक्री गर्दै आएका नेपालगन्ज–१९ का किसान कल्लुबहादुर वलीले यस वर्ष प्रक्रिया सुरु नभएको बताउनुभयो । खेतबाट धान भित्र्याइसकेका किसान बिक्रीका लागि पर्खाइमा छन् ।

‘घरभरि धान थुप्रिएको छ, राख्ने ठाउँ छैन । खाद्यले अहिलेसम्म खरिद सुरु गरेको छैन”, वलीले भन्नुभयो, ‘व्यापारीलाई नदिएर खाद्यलाई धान बिक्री गर्न प्रतिक्षा गरिहेका छौं । कम्पनीले यस वर्ष २० हजार क्विन्टल धान खरिदको कोटा माग गरेकामा १० हजार क्विन्टल मात्र निर्धारण भएको नेपालगन्ज कार्यालयका प्रमुख रामशरण लामिछानेले जानकारी दिए ।

गत वर्ष मोटा धान १५ हजार र मध्यम धान पाँच हजार गरी २० हजार क्विन्टल खरिद गर्ने लक्ष्य राखिएको थियो । त्यसअघि आर्थिक वर्ष २०८१-८२ मा ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरिएकामा नेपालगन्ज कार्यालयले ३२ हजार क्विन्टल खरिद गरेको थियो ।

कम्पनीले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० र मध्यम धानको मूल्य रु तीन हजार ८६० निर्धारण गरेको छ । तर व्यापारीले कम्पनीले तोकेको मूल्यभन्दा रु ५०० देखि रु एक हजार ५०० कम मूल्यमा धान खरिद गरिरहेको नेपालगञ्ज–१९ सुयिगाउँका किसान ध्रुव थापाले बताए ।

यस वर्ष धान राम्रो फलेको छ । खाद्यले खरिद गर्ने समयसम्म भण्डारण गरेर राख्ने ठाउँ छैन”, उहाँले भन्नुभयो, “चाडपर्वको खर्च जुटाउन किसानले व्यापारीलाई सस्तोमा धान बेच्नुपरेको छ ।”

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढिलोगरी खरिद गर्ने र प्रक्रिया झन्झटिलो हुने भएकाले पनि किसानले तोकिएको मूल्यभन्दा प्रतिक्विन्टल रु ५०० देखि रु एक हजारसम्म कममा व्यापारीलाई धान बिक्री गर्नुपरेको थापाले बताउनुभयो ।
(((

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit