Advertisement
Advertisement
Corporate Samachar
१ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक १ अर्ब ६२ करोड घाटा

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक १ अर्ब ६२ करोड घाटा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहे पनि आसन्न चाडपर्व र आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगमले हाल कायम मूल्यमा परिवर्तन नगर्ने निर्णय गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

निगमका अनुसार इण्डियन आयल कर्पोरेसन (आईओसी) बाट २०८३ कात्तिक २९ गते नयाँ खरिद मूल्य प्राप्त भएको थियो। प्राप्त नयाँ मूल्यअनुसार स्वचालित मूल्य प्रणालीबमोजिम मूल्य समायोजन गर्नुपर्ने भए पनि निगम सञ्चालक समितिको कात्तिक ३० गतेको निर्णयअनुसार साविककै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिइएको हो।

पछिल्ला केही महिनादेखि मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको निगमले जनाएको छ। यही कारण आईओसीबाट प्राप्त खरिद मूल्यअनुसार स्वचालित मूल्य प्रणाली लागू गर्न नसकिएको निगमको भनाइ छ।

निगमले सार्वजनिक गरेको नयाँ मूल्यअनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोल तथा डिजेलरमट्टितेल प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम छ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन्। त्यस्तै, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल रहेका छन्।

निगमका अनुसार हाल कायम खुद्रा बिक्री मूल्यलाई यथावत् राख्दा पनि निगमलाई पाक्षिक रूपमा १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने देखिएको छ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारको मूल्य अन्तरका बाबजुद उपभोक्तालाई तत्काल मूल्यवृद्धिको भार नपरोस् भन्ने उद्देश्यले निगमले साविककै मूल्य कायम राखेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit