Advertisement
Advertisement
Corporate Samachar
१० मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिको मोरङ उद्योग व्यापार सङ्घद्वारा स्वागत

प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिको मोरङ उद्योग व्यापार सङ्घद्वारा स्वागत
विज्ञापन
Advertisement

विराटनगर ।प्रधानमन्त्री वालेन्द्र शाहको हालैको भारत भ्रमणका क्रममा व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार र लगानीका क्षेत्रमा भएका सहमतिको मोरङ उद्योग व्यापार सङ्घले स्वागत गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सङ्घका अध्यक्ष अनिलकुमार साहले आज सञ्चारकर्मीसँग भ्रमणका उपलब्धिबारे धारणा सार्वजनिक गर्दै यसले नेपाल–भारत आर्थिक तथा व्यापारिक सम्बन्धमा नयाँ उत्साह थपेको र नेपाली उद्योगी–व्यवसायीलाई लाभ पुग्ने बताए ।

उनका अनुसार भारतको कोलकाता र विशाखापट्टनमसँगै गुजरातको दीनदयाल र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न पाउने सहमतिले नेपालको समुद्रपार व्यापारमा पारवहन दूरी तथा ढुवानी खर्च घटाउनुका साथै समय बचत गर्नेछ ।

त्यस्तै, काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न भारत सहमत हुनु नेपालको लामो समयदेखिको माग सम्बोधन भएको सङ्घको भनाइ छ । यसबाट भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थलको सञ्चालन सहज हुनुका साथै हवाई भाडा घट्ने र पर्यटन व्यवसायलाई लाभ पुग्ने अपेक्षा गरिएको छ ।

कञ्चनपुरको बनबासामा एकीकृत जाँच चौकीको शिलान्यास, धार्चुला–दार्चुला जोड्ने मोटरेबल पुलको उद्घाटन तथा भैरहवा, सुनौली र दोधारा–चाँदनीका जाँच चौकी निर्माणलाई तीव्रता दिने सहमतिले सीमा नाकामा मालवाहक सवारीसाधनको अवरोध हटाई आयात–निर्यात सहज बनाउने सङ्घको विश्वास छ ।

अयोध्या र जनकपुरलाई जोड्ने सरयु–कमला द्रुत रेल सेवा सञ्चालन तथा रक्सौल–काठमाडौँ विद्युतीय रेलमार्गको अन्तिम सर्वेक्षण पूरा हुनुलाई सङ्घले पर्यटन र यातायातका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि मानेको छ ।

चितवनमा कृषि–औद्योगिक पार्क, नेपालमा भारतीय प्रविधि संस्थान र नवप्रवर्तन केन्द्र स्थापना गर्ने सहमतिले कृषि प्रशोधन तथा सूचना प्रविधिका क्षेत्रमा युवा उद्यमीका लागि अवसर सिर्जना गर्ने सङ्घले जनाएको छ । सीमापार बैंकिङ तथा दूरसञ्चार सेवा सहज बनाउने सहमतिले व्यापार, शिक्षा र पर्यटन क्षेत्रलाई समेत टेवा पुग्ने उसको विश्वास छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit