Advertisement
Advertisement
Corporate Samachar
१० मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

स्कुटर चढेर मासु कोल्ड स्टोरेजको छड्के अनुगमनमा निस्किइन् मन्त्री चौधरी

स्कुटर चढेर मासु कोल्ड स्टोरेजको छड्के अनुगमनमा निस्किइन् मन्त्री चौधरी
विज्ञापन
Advertisement

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर र खाद्य सुरक्षाको अवस्था बुझ्न आफैँ स्कुटर चलाएर छड्के अनुगमनमा निस्किएकी छन्। उनले बिहीबार काठमाडौंको बालाजु र सीतापाइलामा रहेका मासु कोल्ड स्टोरेजको स्थलगत निरीक्षण गरेकी हुन्।

विज्ञापन
Advertisement
Advertisement

मंसिर १ गतेदेखि कार्यान्वयनमा ल्याइएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयन अवस्था बुझ्न मन्त्री चौधरी कोल्ड स्टोरेजमा पुगेकी हुन्। अनुगमनका क्रममा उनले मासु भण्डारणको अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको पालनाबारे निरीक्षण गरेकी थिइन्।

बजारमा बिक्री तथा वितरण हुने मासुजन्य वस्तु उपभोगका लागि सुरक्षित र गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै मन्त्री चौधरीले सम्बन्धित व्यवसायीलाई कानुनी व्यवस्था र निर्धारित मापदण्डको पालना गर्नुपर्ने बताएकी छन्। उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्नु सरकारको दायित्व भएको उनको भनाइ छ।

त्यसका लागि पशु वधशाला तथा मासु जाँच ऐनको प्रभावकारी कार्यान्वयनसँगै मासु उत्पादन, भण्डारण र वितरण प्रक्रियामा स्वच्छता तथा खाद्य सुरक्षाका मापदण्ड पालना हुनुपर्नेमा उनले जोड दिएकी छन्।

मन्त्री आफैँ अनुगमनमा पुग्नुले मासु जाँच ऐनको प्रभावकारी कार्यान्वयनमा सरकारी निगरानीलाई थप सक्रिय बनाउने संकेत गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit