तिलोत्तमा। बाथरुम तथा घरायसी सामग्री उत्पादनमा सक्रिय ब्रान्ड बेनकार्डोले रुपन्देहीको तिलोत्तमा नगरपालिका–भलवारीस्थित शुभमंगलम ट्रेडर्समा आफ्नो नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। कम्पनीले प्रिमियम खुद्रा बजार विस्तार गर्ने र ग्राहकलाई सहज तथा व्यवस्थित खरिद अनुभव उपलब्ध गराउने उद्देश्यले बेनस्टाइल सपइन सप (एसआईएस) बिक्री केन्द्रको उद्घाटन गरेको हो।
मंसिर ७ गते आयोजित एक कार्यक्रमबीच उक्त बिक्री केन्द्रको औपचारिक उद्घाटन गरिएको हो। नयाँ बिक्री केन्द्र सञ्चालनमा आएसँगै भलवारी तथा आसपासका क्षेत्रका ग्राहकले बेनकार्डोका आधुनिक डिजाइन र गुणस्तरीय बाथरुम तथा घरायसी समाधानसम्बन्धी सामग्री एउटै स्थानबाट अवलोकन गरी छनोट गर्न सक्ने भएका छन्। नयाँ बिक्री केन्द्रमा बेनकार्डोका विभिन्न प्रकारका सरसफाइ सामग्री, बाथरुमका सजावट तथा जडान सामग्री, सावर, धाराहरू, पानी तताउने उपकरणलगायत घरायसी उपयोगका सामग्री उपलब्ध हुने कम्पनीले जनाएको छ। ती सामग्रीको प्रत्यक्ष अवलोकन गर्न पाउने भएकाले ग्राहकलाई उत्पादनको बनावट, गुणस्तर, विशेषता र उपयोगिताबारे जानकारी लिन तथा आफ्नो आवश्यकता र रुचिअनुसार उपयुक्त सामग्री छनोट गर्न सहज हुने सञ्चालको भनाइ छ।

बेनकार्डोले अघि सारेको बेनस्टाइल एसआईएस अवधारणा कम्पनीको प्रिमियम खुद्रा बजार विस्तार रणनीतिको महत्वपूर्ण हिस्सा हो। कम्पनीका अनुसार यस कार्यक्रममार्फत कम्पनीले आफ्ना व्यावसायिक साझेदारहरूको बिक्री क्षमता अभिवृद्धि गर्नुका साथै बजारमा ब्रान्डको उपस्थिति, ग्राहक सेवा र खरिद अनुभवलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ। कम्पनीले देशका विभिन्न स्थानमा आधुनिक र व्यवस्थित बिक्री केन्द्र विस्तार गर्दै ग्राहकलाई उत्पादनको प्रत्यक्ष अनुभवसहित गुणस्तरीय सेवा उपलब्ध गराउने योजनासमेत अघि बढाएको छ। उद्घाटन अवसरमा कम्पनीका प्रतिनिधिहरूले बेनस्टाइल एसआईएस अवधारणाले ग्राहकलाई उत्पादनबारे विस्तृत जानकारी र प्रत्यक्ष अवलोकनको अवसर प्रदान गर्ने बताए। यसले ग्राहकको खरिद अनुभवलाई सहज बनाउनुका साथै डिलर तथा वितरकहरूको व्यावसायिक क्षमता र बजार विस्तारमा समेत सकारात्मक योगदान पुर्याउने उनीहरूको विश्वास छ। शुभमंगलम ट्रेडर्ससँगको सहकार्यलाई थप मजबुत बनाउँदै ग्राहकलाई गुणस्तरीय उत्पादन, भरपर्दो सेवा र आधुनिक जीवनशैलीअनुकूल सामग्री उपलब्ध गराउने प्रतिबद्धता पनि बेनकार्डोले व्यक्त गरेको छ।

‘सँगसँगै प्रिमियम बिक्री अनुभवको निर्माण’ भन्ने अवधारणालाई अघि सारेको बेनकार्डोले गुणस्तर, विश्वास र आधुनिक जीवनशैलीलाई आफ्नो व्यावसायिक पहिचानका रूपमा स्थापित गर्दै आएको छ।उद्घाटनमा शुभमंगलम ट्रेडर्सका सञ्चालक डीबी गुरुङ, क्षेत्रीय वितरक किरण ज्ञवाली, बेनकार्डोका राष्ट्रिय बिक्री प्रबन्धक माधवप्रसाद नेउपाने तथा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय व्यवसायी, ग्राहक तथा शुभेच्छुकहरूको समेत सहभागिता थियो।















प्रतिक्रिया दिनुहोस्