Advertisement
Advertisement
Corporate Samachar
१० मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। मलेसियामा नेपाली कामदार पठाउने प्रक्रियामा अवैध रूपमा रकम संकलन गरी विदेश पठाएको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

विज्ञापन
Advertisement
Advertisement

प्रहरी स्रोतका अनुसार अर्याललाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो। यद्यपि उनलाई सीमा क्षेत्रको कुन स्थानबाट र कहिले पक्राउ गरिएको भन्नेबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन। अर्यालमाथि श्रमसचिवका रूपमा कार्यरत रहँदा मलेसियामा कामदार पठाउने बहानामा अवैध रूपमा रकम संकलन गरेको र उक्त रकम मलेसिया पठाएको आरोप छ। सोही आरोपमा अनुसन्धान अघि बढाउँदै प्रहरीले केही दिनअघि काठमाडौं जिल्ला अदालतबाट उनीविरुद्ध पक्राउ अनुमति लिएको थियो।

यद्यपि अर्यालमाथि लागेको आरोपको विस्तृत विवरण, रकमको परिमाण, त्यसमा संलग्न अन्य व्यक्ति तथा अवैध रकम मलेसिया पठाइएको भनिएको प्रक्रियाबारे प्रहरीले औपचारिक रूपमा थप जानकारी सार्वजनिक गरेको छैन।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit