Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भोजपुरमा साढे आठ हजारलाई एचपिभी खोप लगाउने तयारी

भोजपुरमा साढे आठ हजारलाई एचपिभी खोप लगाउने तयारी
विज्ञापन
Advertisement

भाेजपुर । टक्सार कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियानअन्तर्गत साढे आठ हजार किशोरीलाई खोप लगाइने भएको छ । खोप कार्यक्रम सञ्चालनका लागि अहिले पालिकास्तरीय खोप कार्यकर्तालाई तालिम पनि सञ्चालन भइरहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पाठेघरको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप विद्यालयमा अध्ययनरत किशोरीलाई लगाइने भएको हो । नौ स्थानीय तह रहेका यहाँ आठ हजार चार सय १९ जनालाई एचपिभी खोप लगाउन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख राजु श्रेष्ठले जानकारी दिए। खोप अभियान सञ्चालनका लागि जिल्लाका एक सय ३५ विद्यालय, नौ स्थानीय तहका ८१ वटै, ८१ स्वास्थ्य संस्था र नौ समुदायस्तरीय खोप केन्द्र गरी दुई सय २५ खोप केन्द्र निर्धारण गरिएको प्रमुख श्रेष्ठले बताए र । यसका लागि दुई सय २५ स्वास्थ्यकर्मी र चार सय ५० स्वयंसेवक परिचालन गरिने छ ।

खोप कार्यक्रमका लागि अहिले खोप कार्यकर्तालाई पालिकास्तरीय तालिम पनि सञ्चालन भइरहेको छ । अभियानअन्तर्गत षडानन्द नगरपालिका एक हजार पाँच सय तीन, भोजपुर नगरपालिका एक हजार तीन सय १०, रामप्रसाद राई गाउँपालिका नौ सय २९, आमचोक गाउँपालिका आठ सय ६९, साल्पासिलिछो गाउँपालिका आठ सय ४९, हतुवागढी गाउँपालिका सात सय ८६, टेम्कैमैयुङ गाउँपालिका सात सय ८२, अरुण गाउँपालिका सात सय ७१ र पौवादुङमा गाउँपालिकाका छ सय २० जनालाई पाठेघरको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालयले लक्ष्य लिएको छ ।

कक्षा ६ देखि १० सम्म अध्ययरत तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपिभी खोप दिन लागिएको हो । एचपिभीविरुद्धको खोपले पाठेघरको मुख क्यान्सर जोगाउने स्वास्थ्यकर्मीको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit