Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

सूर्यज्योति लाइफ इन्स्योरेन्सको भव्य एमडिआरटी मिट २०२५ सम्पन्न

सूर्यज्योति लाइफ इन्स्योरेन्सको भव्य एमडिआरटी मिट २०२५ सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्सले एमडिआरटी मिट २०२५ चन्द्रागिरी स्थित चन्द्रागिरि हिल्स रिजोर्टमा भव्यताका साथ सम्पन्न गरेको छ। अन्तर्राष्ट्रिय मिलियन डलर राउण्ड टेबल (MDRT) संस्था द्वारा सन् २०२४ को व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी एमडिआरटी २०२५ का लागि छनौट भएका उत्कृष्ट अभिकर्ताहरुलाई सूर्यज्योतिले सम्मान गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रममा गौरव कुमार शाही र दीपक सापकोटा ऋयगचत या तजभ त्बदभि ९ऋइत्० का लागि सम्मानित भएका छन्।

सूर्यज्योति लाइफ इन्स्योरेन्सका अध्यक्ष, केशव प्रसाद भट्टराई, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, र अन्य उच्च पदाधिकारीहरुका साथै प्रदेश प्रमुख र क्षेत्रीय प्रबन्धकहरु कार्यक्रमको प्रमुख सहभागी थिए।

कार्यक्रमको सुरुवात गर्दै बागमती प्रदेश प्रमुख, चरण दास तिमल्सेना द्वारा स्वागत मन्तब्य दिइएको थियो। उनले उपस्थित सबैलाई न्यानो स्वागत र कार्यक्रमको विधिवत सुरुआत गरे।

सूर्यज्योति लाइफ इन्स्योरेन्सका अध्यक्ष भट्टराईले सम्मानित अभिकर्ताहरुलाई धन्यबाद ज्ञाप गर्दै एमडीआरटी २०२५ का लागि उनीहरूको योगदानको महत्त्वलाई माने। प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको आगामी योजनामा ःम्च्त् को संख्यामा उल्लेखनीय वृद्धि गरिनुपर्नेमा जोड दिए।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको हाल चुक्ता पूँजी रु। ५०१ करोड, कुल लगानी रु। ४,२४२ करोड, र जीवन बीमा कोष रु। ३८०३ करोड रहेको छ। कम्पनीले हालसम्म ३१ लाख ७२ हजार ५१० बीमालेख जारी गरेको र १७४ शाखाहरु मार्फत सेवा प्रदान गर्दै आएको छ।

यस कम्पनीले बीमा क्षेत्रमै पहिलो ३५ घातक रोगहरु विरुद्ध रु। ५० लाखसम्मको उपचार खर्चको सुविधा प्रदान गर्दै, क्ष्क्इ ढण्ण्ज्ञ(द्दण्ज्ञछ प्राप्त गर्ने सम्मान पनि हासिल गरेको छ।

साथै, कम्पनीले आर्थिक वर्ष २०८०\८१ को बार्षिक साधारण सभा सम्पन्न गर्दै शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश पनि वितरित गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit