Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

३७ मेगावाटको माथिल्लो म्याग्दी जलविद्युत आयोजनामा प्रभु स्टील्सले ४५ करोड लगानी गर्ने

३७ मेगावाटको माथिल्लो म्याग्दी जलविद्युत आयोजनामा प्रभु स्टील्सले ४५ करोड लगानी गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनीले माथिल्लो म्याग्दी जलविद्युत आयोजनामा २० प्रतिशत सेयर लगानी गर्ने निश्चित भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

उक्त जलविद्युत आयोजनामा चुक्ता पुँजीको २० प्रतिशत सेयर प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनीले लगानी गर्न लागेको हो । हाइड्रो इम्पाएर प्रालीले निर्माण गर्ने सो परियोजनामा स्वपूँजी लगानी गर्ने सम्झौता भएको प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनीले जनाएको छ ।

म्याग्दीको धौलागिरी गाउँपालिका –४ मा म्याग्दी खोलामा निर्माण हुने ३७ मेगावाट जडित क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनामा प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्टले ४५ करोड रुपैयाँ स्वपूँजी लगानी गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौतामा हाइड्रो इम्पाएरका अध्यक्ष काजी लामा र प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडका अध्यक्ष भोज कुमार खड्काले हस्ताक्षर गरे ।

आयोजनाको निर्माणले नेपाल सरकारले राखेको जलविद्युत क्षेत्रको विकासको लक्ष्य पूरा गर्न विशेष भूमिका खेल्ने विश्वास गरिएको कम्पनीले जनाएको छ ।

आयोजनामा यसअघि सिद्धार्थ बैंक लिमिटेडको अगुवाइमा एभरेष्ट बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेड र नबिल बैंकले ५ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भइसकेको छ । आयोजनाको कुल लागत ७ अर्ब ६३ करोड हुने अनुमान छ । आयोजनाको २०८३ चैतमा सम्पन हुने हाइड्रो एम्पायरले जनाएको छ । आयोजनामा प्रवद्र्धकहरुले २ अर्ब ३० करोड लगानी गर्नेछन् ।

आयोजनामा हालै लगानी सम्झौता गरेको प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनीले सार्वजनिक सेयर निष्कासन गर्ने जनाएको छ । कम्पनीले २६ मंसिरमा कुमारी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit