Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अमेरिकाको लस एन्जलसमा ‘ट्राभल एण्ड एड्भेन्चर शो’, नेपालका प्रतिष्ठित एड्भेन्चर कम्पनीको सहभागीता

अमेरिकाको लस एन्जलसमा ‘ट्राभल एण्ड एड्भेन्चर शो’, नेपालका प्रतिष्ठित एड्भेन्चर कम्पनीको सहभागीता
विज्ञापन
Advertisement

अमेरिका । नेपाल पर्यटन बोर्ड र युनिकम एल एल को संयुक्त आयोजनामा अमेरिकाको लस एन्जल (कन्भेन्सन सेन्टर) मा लस एन्जलसमा ट्राभल एण्ड एड्भेन्चर शो भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

शोमा नेपालका ४ वटा प्रतिष्ठित ट्राभल एण्ड एड्भेन्चर कम्पनीको सहभागिता छ । नेपालमा पर्यटनका लागि ट्राभल एण्ड एड्भेन्चरबाट प्राप्त गर्ने अवसर , रमणीय स्थान, संस्कृतिलाई प्रवर्द्धन गर्न शोले सहयोग गरेको टानका पुर्वमहासचिव बिनोद सापकोटाले जानकारी दिए ।

लस एन्जलस ट्राभल एण्ड एड्भेन्चर शोमा नेपालका प्रतिष्ठित ट्राभल कम्पनी नेपाल ट्रेक एड्भेन्चरका प्रवन्ध निर्देशक बिनोद सापकोटा, फ्रेण्ड्स एड्भेन्चर टीमका राजेन्द्र बहादुर लामा, नेपाल स्यान्क्चुरी ट्रेकबाट तुलसी ज्ञवाली , ओझा होलिडेज टुर्स एण्ड ट्रेकको तर्फबाट रमेशराज ओझा सहभागी रहेका छन् ।

शोमा आएका अबलोकनकर्ताहरुले नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति र रोमाञ्चक साहसिक गतिविधिहरूको बारेमा जानकारी दिईएको सापकोटाले बताए । नेपालबाट ४ वटा ट्राभल एण्ड एड्भेन्चर कम्पनी सहभागीता छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अमेरिकी पर्यटनकलाई नेपाल भित्र्याउनका लागि शो आयोजना गरिएको बताए।सन् २०२४ मा अमेरिका नेपालका कुल पर्यटक आगमनमध्ये करिब १० प्रतिशतको हिस्सा छ ।

भारतपछि अमेरिकाबाट नेपाल आउने पर्यटनक अमेरिकी नागरिक भएको हुनाले ट्राभल एण्ड एड्भेन्चर शोले थप सहयोग पुग्ने बताए । ट्राभल एण्ड एड्भेन्चर शोको समन्वय नेपाल पर्यटन बोर्डका वरिस्ठ युरोप अमेरिका मार्केटिङ शाखाका बरिष्ठ अधिकृत कुन्दन मिश्रले गरे ।

शोमा बोर्डका बरिष्ठ निर्दशक हिक्मत सिंह ऐर , बरिष्ठ प्रवन्धक निर्देशक नवीन पोखरेल लगायतको सहभागीता छ । शोमा नेपाल बाहेक १५ देशका ट्राभल एण्ड एड्भेन्चर एजेन्सी सहभागी छन् । जसमा जापान, ताईवान, इण्डोनेसिया, साउथ अमेरिकाका ट्राभल एण्ड एड्भेन्चर एजेन्सी छन् ।

उक्त कार्यक्रमा अमेरिकाको क्यालिफोर्नियका लागि नेपालको अवैतनिक वाणिज्यदुत ऋषि प्रसाद ढकालको समेत उपिस्थिती थियो। ट्राभल एण्ड एड्भेन्चर शो आउने मध्ये एक जनालाई विशेष उपहार योजना अन्तरगत भाग्यशाली एक जोडीले ‘एभरेस्ट बेस क्याम्प ट्रिप’ जित्ने अवसर छ । शो फेब्रुअरी २२ र २३ तारिखसम्म चल्ने छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit