Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रहरीद्वारा एक महिनामा ५२ करोड बढी राजस्व संकलन, फरार अपराधीबाट उठ्यो २३ करोड ९२ लाख

प्रहरीद्वारा एक महिनामा ५२ करोड बढी राजस्व संकलन, फरार अपराधीबाट उठ्यो २३ करोड ९२ लाख
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा एकै महिनामा ५२ करोड ४७ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले गत माघमा देशभरबाट ५२ करोड ४७ लाख छ हजार आठ सय ७९ रूपैयाँ राजस्व सङ्कलन गरेको जानकारी दिए ।

अदालती फैसला कार्यान्वयन मार्फत सबैभन्दा धेरै राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ । फरार अपराधी पक्राउलगायतबाट मात्रै २३ करोड ९२ लाख ९१ हजार रुपैयाँ बढी राजस्व सङ्कलन गरिएको छ । यो कुल राजस्व सङ्कलनको ४५ प्रतिशतभन्दा बढी हो ।

त्यसपछि भन्सार छलिका मालसामान बरामदबाट १६ करोड २७ लाख रुपैयाँ, ट्राफिक कारबाहीमा परेकाबाट उठेको नौ करोड ५९ लाख रुपैयाँ, अवैध सुन चाँदी बरामदबाट एक करोड रुपैयाँ, हुण्डी कारोबार गर्नेबाट ३७ लाख रुपैया राजस्व सङ्कलन गरिएको प्रवक्ता आचार्यले जानकारी दिए ।

यसैगरी, स्रोत नखुलेको रकम ८१ लाख रुपैयाँ बराम द हुँदा अवैध नदीजन्य पदार्थ उत्खनन् नियन्त्रणका क्रममा २२ लाख ५३ हजार रुपैयाँ, अवैध काठ बरामदबाट आठ लाख ९१ हजार रुपैयाँ र अवैध पशुपन्छी नियन्त्रणबाट १५ लाख ७१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit