Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

५० लाख डलरको गोल्ड कार्ड किन्नेलाई अमेरिकी नागरिकता दिने राष्ट्रपति ट्रम्पको घोषणा

५० लाख डलरको गोल्ड कार्ड किन्नेलाई अमेरिकी नागरिकता दिने राष्ट्रपति ट्रम्पको घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका धनी मानिसहरूका लागि ५० लाख डलरमा अमेरिकाको नागरिकता प्रदान गर्ने ‘गोल्ड कार्ड’ नयाँ योजना अघि सारेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार राष्ट्रपति ट्रम्पले अमेरिकामा गएर रोजगारी सिर्जना गर्न चाहने धनि विदेशीहरूलाई ५० लाख डलरमा गोल्ड कार्ड बेच्न आफूले सुरुवात गर्न चाहेको बताएका छन् । विश्वका धनी मानिसहरूलाई ५० लाख डलरको गोल्ड कार्ड बेच्ने घोषणा गरेका उनले उक्त योजना पन्ध्र दिन भित्रै कार्यान्वयन गर्न सकिने बताएका छन् ।

‘हामी गोल्ड कार्ड बेच्दैछौं, तपाईँसँग ग्रीन कार्ड छ, यो चाहिँ गोल्ड कार्ड हो । हामीले यो कार्डको मूल्य करिब ५ मिलियन डलर राखेका छौँ । यो ग्रीन कार्डको सुविधामात्र नभएर अमेरिकी नागरिकता प्राप्तिको रुट पनि हो । यो गोल्ड कार्ड किनेर धनी मानिसहरू हाम्रो देशमा आउनेछन्’ ट्रम्पले भनेका छन् ।

ट्रम्पले आफ्नो उक्त घोषणलाई कानूनी भनेका थिए । उनले करिब दुई हप्तामा सो घोणालाई सुरु गर्न सक्ने बताउँदै भने, ‘यो सम्भव छ कि रूसी कुलीनहरूले गोल्ड कार्डको लागि योग्य हुन सक्छन्।’

राष्ट्रपतिको उक्त घोषणालाई अमेरिकामा ५० लाख डलरमा अमेरिकी नागरिकता साटफेर गर्ने प्रस्तावको रुपमा विष्लेषण हुन थालेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit