
काठमाडाैं । काठमाडौंको टुँडिखेलमा २६२ औं सेना दिवस मनाएको छ । शिवरात्रिको दिनमा पर्ने सेना दिवस बुधबार टुँडिखेलमा मनाइएको हो।
राष्ट्रपति रामचन्द्र पौडेल सेना दिवसका अवसरमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्। नागरिकको आस्था र भरोसाको केन्द्रबिन्दुका रूपमा रहेको नेपाली सेनाको उनी परमाधिपति हुन्। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली सहितको उपस्थित रहेको थियो । सेनाले शिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको र त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्या) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएका छन्।
प्रतिक्रिया दिनुहोस्