Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २४ पैसा, कुन देशको कति?

आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २४ पैसा, कुन देशको कति?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आजका लागि युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५६ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ११ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २० पैसा र बिक्रीदर ३८ रुपैयाँ ३६ पैसा कायम भएको बैङ्कले जनाएको छ

यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३ रुपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १९ रुपैयाँ ६८ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ४० पैसा र बिक्रीदर ४५३ रुपैयाँ ३५ पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७१ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३६१ रुयैयाँ ६६ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit