images
images
images

६ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड, कूल आम्दानी ७० अर्ब ४४ करोड रुपैयाँ

images
images

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले साउनदेखि पुससम्म विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको जनाएको छ ।

विद्युत् खरिद, प्रशासनिक र विभिन्न आयोजनालगायतमा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरेको छ । यस्तै, साउनदेखि पुससम्म प्राधिकरणको अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।

images
images

आर्थिक वर्ष २०७२र७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरु निरन्तर मुनाफा आर्जन आएको छ । आर्थिक वर्ष २०८०र८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो । आर्जित नाफाबाट प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवं सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनामा लगानी गरिरहेको जनाएको छ ।

प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामा विद्युत् बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ सकंलन गरेको छ । सोही अवधिमा प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीबाट १ अर्ब १५ करोड र अन्य निजी उत्पादक कम्पनीबाट ५ अर्ब १६ करोड गरी कूल ६ अर्ब ३१ करोड युनिट विद्युत् खरिद गरिएको उल्लेख छ ।

खरिद गरिएको विद्युत्‌का लागि प्राधिकरणले ३४ अर्ब ८४ करोड रुपैयाँ रकम भुक्तानी गरेको छ । यसैगरी, भारतबाट २४ करोड २० लाख युनिट विद्युत् आयात गरी १ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ । प्राधिकरणले साउनदेखि पुससम्ममा १ अर्ब ७७ करोड १८ लाख युनिट विद्युत् भारततर्फ निर्यात गर्दा १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरेको छ ।

यस्तै, सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेटअन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा प्राधिकरणकाले १३ अर्ब ३५ करोड रुपैयाँ खर्च गरेको छ । वैदेशिक सहायता सोझै भुक्तानीतर्फ १० अर्ब ४९ करोड रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्