Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

बीवाईडी हाई–टेक विक जारी, यस्ता छन् प्रमुख आकर्षणहरु

बीवाईडी हाई–टेक विक जारी, यस्ता छन्  प्रमुख आकर्षणहरु
विज्ञापन
Advertisement

काठमाडौं ।  नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडी हाई–टेक विक २०२५ काठमाडौंमा सुरु भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

इभेन्टको प्रमुख आकर्षणको रूपमा बीवाईडीका अत्याधुनिक सवारीसाधन, याङवाङ यु८, एफसीबी बाओ५, डेन्जा जेड९जीटी, डेन्जा डी९ र बीवाईडी शार्क ६ रहेका छन्, जसले अटोमोटिभ टेक्नोलोजीमा नयाँ युगको प्रतिनिधित्व गर्छन् । फागुन १५ देखि १८ गतेसम्म काठमाडौंको बानेश्वरस्थित एभरेस्ट होटल परिसरमा जारी बीवाईडी हाई –टेक विकले नवीनतम ईभी (इलेक्ट्रिक भेहिकल) प्रविधि, टिकाउ सवारी साधन र अगाडि आउने प्रविधिहरूको प्रत्यक्ष अनुभव दिने अवसर प्रदान गरिरहेको छ।

इलेक्ट्रिक र हाइब्रिड सवारी उद्योगलाई पुनः परिभाषित गर्ने गरी यी सवारीसाधन अत्याधुनिक प्रगति झल्काउने सेफ्टी, पर्फमेन्स र इनोभेसनबाट पूर्ण रहेको कम्पनीको भनाइ छ ।

इभेन्ट शुभारम्भ कार्यक्रममा चिनियाँ दूतावासका कमर्सियल काउन्सिलर, बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका भाइस् जनरल म्यानेजर केत्सु झाङ, साइमेक्स इंकका चेयरम्यान अनिल श्रेष्ठ, साइमेक्स इंककी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ लगायत सहभागी थिए ।

उक्त इभेन्टमा लाइभ डेमो सिरिज देख्न सकिनेछ भने बीवाईडीका पछिल्ला मोडल उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट

इभेन्टमा बीवाईडीको क्रान्तिकारी ब्लेड ब्याट्रीको प्रदर्शन गरिएको छ, जुन सुरक्षा र स्थायित्वका लागि अतुलनीय छ । ब्याट्री सुरक्षाका लागि बीवाईडीको प्रतिबद्धता झल्काउने गरी यसले थर्मल रनवेमा आफ्नो क्षमता देखाएको उल्लेख छ ।

ई–प्लेटफर्म ३.० को प्रस्तुति

बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० प्रदर्शन गरिएको छ, जुन अप्टिमाइज गरिएको ब्याट्री क्षमता, बढी क्षमताको पावर आउटपुट र इन्टेलिजेन्ट इनर्जी म्यानेजमेन्ट सहित उपलब्ध छ ।

डेन्जा जेड९जीटी कम्पास टर्न र एक्स्ट्रिम टर्न प्रदर्शन

सानो स्थानमा पनि सहज तरिकाले चल्न सक्ने कम्पास टर्न फिचर यसमा देख्न सकिन्छ । त्यसैगरी सहज र सरल तरिकाले गर्न सकिने अटोमेटिक पार्किङ देख्न सकिन्छ ।

एफसीबी बाओ ५ स्पिड बम्प र सस्पेन्सन टेस्ट

जस्तोसुकै सतह वा टेरेनमा पनि सुपेरियर राइड कम्फर्ट र स्टेबिलिटी पाउन सकिने बीवाईडीको इन्टेलिजेन्ट सस्पेन्सन सिस्टम यसले देखाएको छ ।

 याङवाङ यु८ ई४ प्लेटफर्म र डिसस–पी

यसमा क्रान्तिकारी लाग्ने ट्यांक टर्न फिचर पाउन सकिन्छ, जुन ई४ प्लेटफर्मबाट संचालित हुन्छ । यसले सुपेरियर अफरोड पर्फमेन्सका लागि ह्विल कन्ट्रोल सुविधा उपलब्ध गराउछ । त्यसैगरी डिसस पी इन्टेलिजेन्ट च्यासिस कन्ट्रोल सिस्टम प्रदर्शन गरिएको छ, जसले एक्स्ट्रिम कन्डिसनमा पनि स्टेबिलिटी र एडेप्टिबिलिटी उपलब्ध गराउछ ।

मोबिलिटी भविष्यमा अग्रगामी बन्दै

अटोमोटिभ इनोभेसनमा अग्रगामी बन्ने र सस्टेनेबल मोबिलिटी सोलुसनलाई अगाडि बढाउने बीवाईडीको प्रतिबद्धतालाई बीवाईडी हाई–टेक विकले पुनःपुष्टि गर्ने एक प्लेटफर्मको रुपमा कार्य गर्ने कम्पनीले जनाएको छ । यसमा सोकेस गरिएका प्रविधिले ब्याट्री सेफ्टी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र नेक्स्ट–जेनेरेसन भेइकल कन्ट्रोल मेकानिजममा बीवाईडीको नेतृत्वलाई जोड दिन्छन् ।

इभेन्टको अवसरमा बोल्दै साइमेक्स इंक प्रालिका चेयरम्यान अनिल श्रेष्ठले भने, ‘न्यु इनर्जी भेइकल टेक्नोलोजीमा भएका सबै सम्भावनाका सिमाहरुलाई बीवाईडीले लगातार रूपमा पार गरिरहेको छ । हाल सम्मकै एड्भान्स्ड अटोमोटिभ टेक्नोलोजीलाई नेपालमा उपलब्ध गराउने हाम्रो भिजनको एक झलक बीवाईडी हाई–टेक विक हो । यसले अझै सुरक्षित, स्मार्ट र दिगो ड्राइभिङ अनुभवलाई सुनिश्चित गर्नेछ ।’

ईभी ब्याट्री टेक्नोलोजी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र सुपेरियर भेइकल इन्जिनियरिङको क्षेत्रमा भएका पछिल्ला सफल प्रविधि सहितका विश्व–स्तरीय इलेक्ट्रिक सवारीसाधन नेपाली ग्राहकमाझ ल्याउने प्रतिबद्धता साइमेक्स इंकले जनाएको छ ।

२७ फेब्रुअरीदेखि प्रारम्भ हुने बीवाईडी हाई–टेक विक आगामी २ मार्चसम्म चल्ने छ । प्रत्येक दिन तीन फरक चरणमा विभिन्न क्रियाकलाप हुने कम्पनीले जनाएको छ।

अवलोकनकर्ताले आफूलाई उपयुक्त समय अनुसारको अनुकूलता मिलाएर इभेन्ट अवलोकन गर्न सक्नेछन् । बीवाईडी हाई–टेक विक २०२५ को टिकट ईसेवामा उपलब्ध छ । विद्यार्थीहरुलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit