Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गर्यो म्यानेजरहरुको सम्मान

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गर्यो म्यानेजरहरुको सम्मान
विज्ञापन
Advertisement

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले एमडीआरटी, सीओटीमा योग्य भएका एजेन्सी म्यानेजरहरुका लागि सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
चन्द्रागिरी हिल्स रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कणेल, प्रमुख व्यवसाय अधिकृतहरु, प्रदेश प्रमुख, क्षेत्रीय म्यानेजर, एरिया म्यानेजर, ब्रान्च तथा सब–ब्रान्च म्यानेजरहरु समेतको उपस्थिती थियो ।

विज्ञापन
Advertisement
Advertisement

२०२५ को लागि कम्पनीबाट १ जना टीओटी, २ जना सिओटी अनि २४ जना एमडीआरटीको लागि योग्य भएको कम्पनीले जनाएको छ । टीओटीका लागि योग्य नमिता न्यौपाने यसअघि पनि २ पटक टीओटीको उपाधि हाँसिल गरिसेको कम्पनीले उल्लेख गरेको छ । यस्तै, रण बहादुर तामाङ पहिलो पटक सिओटीका लागि योग्य छानिएका छन३ भने नारायण बहादुर गुरुङ दोस्रो पटक सिओटी को लागि योग्य सावित भए ।  विश्वभरिका अभिकर्ताहरु माझ एमडीआरटी निक्कै नै प्रख्यात छ । यस मञ्चमा तोकिएका मापदण्डहरु पूरा गर्न सफल भएका विश्वभरिका अभिकर्ताहरुको वार्षिक रुपमा उपस्थिति रहने गर्दछ । सन् २०२५का लागि एमडीआरटीको लक्ष ४६,९२,९००, सिओटीको लागि १,४०,७८,७०० र टीओटीका लागि २,८१,५७,४०० तोकिएको थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले चुनिएका एजेन्सि म्यानेजरहरुलाई बधाई तथता शुभकामना दिए । पाण्डेले अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता बढाउनको लागि कम्पनिबाट आवश्यक सहयोग र प्रोत्साहन गर्ने उल्लेख गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit