images images
images images
images

महिला टी-२० श्रृङ्खला :  नेपालले आज थाइल्याण्डसँग खेल्ने 

images
images
images

काठमाडौँ ।  त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा आज नेपालले शीर्षस्थानमा रहेको थाइल्याण्डको सामना गर्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेदेखि शुरु हुनेछ ।

लगातार तेस्रो हार व्यहोरेको नेपाल प्रतियोगितामा मंगलबार पहिलो जितको खोजिमा मैदान प्रवेश गर्नेछ । तर अपराजित रहेको थाइल्याण्डसामु नेपालका लागि जित त्यति सहज भने छैन।

images
images

शृङ्खलामा लगातार तेस्रो जित निकालेर थाइल्याण्ड ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। नेदरल्याण्ड्सले चार खेलमा ४ अंक जोडेको छ भने नेपाल तेस्रो हारसँगै अंकविहीन छ।

 

images
images

प्रतिक्रिया दिनुहोस्