Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

निरोगी नेपाल बनाउने प्रयासमा छौँ :  प्रधानमन्त्री ओली

निरोगी नेपाल बनाउने प्रयासमा छौँ :  प्रधानमन्त्री ओली
विज्ञापन
Advertisement

काठमाडौँ  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरोगी नेपालका लागि व्यापक प्रयास गरिरहेको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

मंगलबारदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोपको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाली नागरिक विरामी नै हुन नपरोस् भनेर सरकारले अभियान चलाइरहेको बताए। निरोगी नेपालका लागि व्यापक प्रयास गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्री ओलीले व्यक्त गरे। उनले आफूले खाने खाना पेट भर्नका लागि मात्रै नभई स्वस्थ रहनका लागि खानुपर्ने भन्दै स्वस्थ, सन्तुलित खानाले मात्रै आफूलाई निरोगी बनाउने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘हामीले निरोगी नेपालको नारा लिएका छौँ। यसका दुईवटा पक्ष छन्। मानिस विरामी नै हुन नपरोस्, स्वस्थ रहोस्। त्यसका लागि हामीले व्यापक प्रयास गर्छौं। मान्छे रोगी नहोस्, विमारी नहोस्। यसका निम्ति मानिसको आहारविहारको मात्रै कुरा होइन। खाना भनेको पेट भर्ने मात्र होइन, स्वस्थ खाना हो। खाना भनेको स्वस्थ मात्रै होइन, पुग्दो, सन्तुलित र ठिक्क मात्रामा पनि हो। स्वस्थ खाना, सन्तुलित खाना, आवश्यक मात्रामा खाना हुनुपर्छ। पेट भर्नका लागि खाना खाने होइन, स्वस्थ रहनका लागि खाना खाने हो।’

स्वस्थ रहनका लागि सबैभन्दा पहिला व्यक्ति स्वयंले सावधानी अपनाउनुपर्ने उनले बताए। विरामी हुनै नदिने कुरा महत्त्वपूर्ण रहेको बताए। नेपालीलाई रोग र अभावबाट मुक्त बनाउन सकभर कोही बिरामी नहोउन् र बिरामी भइहालेमा सहज र गुणस्तरीयरुपमा उपचारको प्रबन्ध होस् भनेर सरकारले आफ्ना तर्फबाट प्रयास गरिरहेको ओलीले उल्लेख गरे । यस्तै, ओलीले उच्चमनोबल र साझा प्रयासबाट कोभिड–१९ को महामारीलाई परास्त गरिएकाले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप लागाउने अधिकारबाट तोकिएका समूहका कोही पनि किशोरीहरु वञ्चित नहुुन् भन्नेमा जोड दिए।

ओलीले सन् २०३० सम्म पाठेघरको क्यान्सरविरुद्धको अभियानलाई पूर्ण रूपमा सफल बनाउने प्रतिबद्धता पनि जनाए। आजदेखि आउँदो फागुन ६ गतेसम्म सञ्चालन हुने अभियानमार्फत देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिन थालिएको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit