Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुत्केरी र गर्भवतीका लागि गाउँपालिकाको ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

सुत्केरी र गर्भवतीका लागि गाउँपालिकाको ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम
विज्ञापन
Advertisement

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीलाई कुखुरा वितरण गरेको छ। गर्भवती तथा सुत्केरीको पोषणलाई ध्यानमा राख्दै गाउँपालिकाले कुखुरा वितरण गरेको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रमअन्तर्गत पौवादुङमाका छ वटै वडामा रहेका गर्भवती तथा सुत्केरीलाई एक–एक वटा भाले, दुई वटा पोथी कुखुरा वितरण गर्दै आइएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए। वितरण गरिएको कुखुरा पालेर उनीहरूले आवश्यक रूपमा अण्डा, मासुको रूपमा प्रयोग गर्न सक्ने अध्यक्ष राईको भनाइ छ।

गाउँपालिकाले सुत्केरी, गर्भवती र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गरेर यो कार्यक्रम नियमित रूपमा सञ्चालन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए।

कार्यक्रमअन्तर्गत वर्षमा एकपटक कुखुरा वितरण गरिेने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए। वितरण गरिएको पोथी भने उनीहरूले दुई वर्षसम्म पाल्नुपर्ने नियम छ। गर्भवतीले प्रत्येक पटक स्वास्थ्य संस्थामा जाँच गराएवापत एक क्यारेट अण्डासमेत वितरण भइरहेको उपाध्यक्ष राईले बताए।

कार्यक्रमअन्तर्गत सोमबार पौवादुङमा पाँच सानोदुम्माका १२ जना गर्भवती तथा सुत्केरीलाई एकरएक वटा भाले र दुई वटा अण्डा दिने पोथी वितरण गरिएको छ। रासस

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit