Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

११ अंकले घट्यो नेप्से, ८ अर्ब ३९ करोड कारोबार

११ अंकले घट्यो नेप्से, ८ अर्ब ३९ करोड कारोबार
विज्ञापन
Advertisement

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र दोस्रो बजार मापक (नेप्से) परिसूचक ११.४९ अंकले घटेको छ । ११.४९ अंकले घटेको नेप्से परिसूचक २६८८.३१ बिन्दुमा झरेको हो।

विज्ञापन
Advertisement
Advertisement

आज ३०५ स्टकको ८४ हजार २८० पटक भएको कारोबारमा एक करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर खरिदबिक्री भएको छ । आज ८ अर्ब ३९ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएर नेप्से बन्द भएको छ । आज ६९ कम्पनीको सेयर मूल्य बढ्दा १६७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

घटेको बजारमा दुई कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले बढेको छ । आइतबार सेन्ट्रल फाइनान्स र गार्डेन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको हो । सेन्ट्रल फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ६७३ रुपैयाँ २० पैसा कायम भएको छ भने गार्डेन माइक्रोलाइफको सेयर मूल्य प्रतिकित्ता ३३१ रुपैयाँ १० पैसा पुगेको छ ।

घटेका उपसमूहहरूमा बैंकिङ ०.३५, विकास बैंक १.३५, होटल तथा पर्यटन ०.२४, जलविद्युत ०.५०, लगाानी ०.३९, जीवन बीमा ०.७६, म्युचल फण्ड ०.३४, नीर्जीवन ०.५७ र अन्य १.३० प्रतिशत रहेका छन् । कारोबारमा आएका १३ मध्ये चार समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक बढ्नेमा फाइनान्स, उत्पादन तथा प्रशोधन, माइक्रोफइनान्स र व्यापार समूह छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit