Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

समृद्धि फाइनान्स र नेपाल माइक्रो इन्स्योरेन्सबीच सरल बीमा सेवा उपलब्ध गराउने सम्झौता

समृद्धि फाइनान्स र नेपाल माइक्रो इन्स्योरेन्सबीच सरल बीमा सेवा उपलब्ध गराउने सम्झौता
विज्ञापन
Advertisement

काठमाडौँ ।  समृद्धि फाइनान्स कम्पनी लिमिटेड र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीबिच बीमा सेवालाई सहज बनाउन समझदारी पत्रमा हस्ताक्षर भएको छ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौता अनुसार समृद्धि फाइनान्सका ऋणी ग्राहकहरूलाई सरल र सहज बीमा सेवा उपलब्ध गराइने फाइनान्सले जनाएको छ।

सम्झौता अनुसार बीमा दाबी गर्दा सम्पूर्ण आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्र दाबी भुक्तानी प्रक्रिया पूरा गरिने व्यवस्था गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सम्झौसंगै समृद्धि फाइनान्सका ग्राहकहरूले बैंकिङ सेवा लिँदा बीमा सुरक्षाको सुविधा सहज रूपमा प्राप्त गर्नेछन्।

सम्झौतामा समृद्धि फाइनान्सको तर्फबाट उपमहाप्रबन्धक विनोद राज पौडेल र नेपाल माइक्रो इन्स्योरेन्सकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमालले हस्ताक्षर गरे । साझेदारीले ऋणि ग्राहकहरूको सुरक्षालाई थप मजबुत बनाउने र वित्तीय जोखिम न्यूनीकरणमा योगदान पुर्याउने विश्वास कम्पनीको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ भने आर.टि. जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit