Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

गुहाटीमा रातो मच्छिन्द्रनाथसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

गुहाटीमा रातो मच्छिन्द्रनाथसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
विज्ञापन
Advertisement

काठमाडौँ ।  रातो मच्छिन्द्रनाथसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनसहितको विज्ञ टोली आज गुहाटी पुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

भारत आसामको गुहाटी विश्वविद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन प्रमुख महर्जनसहित पर्यटन, संस्कृति समितिका संयोजक एवं वडा नं ५ का अध्यक्ष विकासमान श्रेष्ठ, वडा ६ का वडाअध्यक्ष रूपेन्द्रराज शाक्य र वडा नं १९ का वडाअध्यक्ष राजेन्द्र महर्जन, महानगरका अमूर्त सम्पदा सल्लाहकार वदनलाल न्याछ्यो, पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, रातो मच्छिन्द्रनाथ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्य, ज्यापू समाज ललितपुरका अध्यक्ष सन्तमान महर्जन, ञवाल गुठीका गुठियार नवीन महर्जन, घःकु गुठीका गुठियार बुद्ध महर्जन, बाराही दः गुठीका नाइके दिलकुमार वाराही गुहाटी पुगेका हुन् ।

महानगरका प्रमुख महर्जनका अनुसार अन्तर्राष्ट्रिय सम्मेलनले आजभन्दा एक हजार ४०० वर्षअगाडि भारत आसामको कामाक्ष कामारूबाट काठमाडौँ उपत्यका ल्याइएको रातो मच्छिन्द्रनाथको ऐतिहासिक पक्ष, धार्मिक एवं सांस्कृतिक महत्त्वका बारेमा थप बहस, छलफलका साथसाथै किंवदन्तीलाई बल पुग्ने खालका तथ्यहरूमा बल पुग्नेछ ।

“यसले रातो मच्छिन्द्रनाथका बारेमा थप जानकारी हासिल गर्दै दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई घनिष्ट बनाउन भूमिका खेल्छ, सम्मेलनमा विज्ञहरूको सहभागितामा हुने छलफल फलदायी हुनेछ, यसले हाम्रो महानगरको सांस्कृतिक र पर्यटन विकासका लागिसमेत नयाँ आयाम थप्ने आधार तयार पार्ने विश्वास छ,” उनले भने।

पर्यटन संस्कृति समितिका संयोजक एवं वडा नं ५ का अध्यक्ष विकासमान श्रेष्ठले यो सम्मेलनबाट वर्षा र सहकालका देवताका रूपमा पुजिँदै आएको रातो मच्छिन्द्रनाथका बारेमा थप तथ्यहरू प्राप्त भई ललितपुरमा मनाइने जात्रालाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit