काठमाडौं । गणपति लघुवित्त र नेशनल लघुवित्त वित्तीय संस्थाले ३ लाख बढी संस्थापक सेयर बिक्रीमा राखेका छन् ।
गणपति लघुवित्तको संस्थापक समूहले आफ्नो स्वामित्वको २ लाख ४८ हजार ९३१ कित्ता र नेशनल लघुवित्तको ८ संस्थापक सेयरधनीले ५२ हजार २४९ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।
यस्तै, नेशनल लघुवित्तका संस्थापक सेयरधनी गोमादेवी चुडालको ५ हजार कित्ता, लक्ष्मी प्रसाद सिटौलाको १ हजार ७४९ कित्ता, बलभद्र अधिकारीको १५ हजार कित्ता, रुपमाया गरुङ्गको १२ हजार कित्ता, लक्ष्मण पाण्डेको १० हजार कित्ता, डिक बहादुर पाण्डेको ३ हजार ५ सय कित्ता, गणेशमान मुखियाको २ हजार कित्ता र वेद बहादुर थापाको ३ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ ।
लघुवित्तको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने कम्पनीले उल्लेख गरेको छ। खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । ३५ दिनभित्र सेयर खरिद गर्न संस्थापकको आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि उक्त सेयर बिक्री खुला गरिने कम्पनीले प्रस्ट पारेको छ ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्