Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

सेयर बजारमा ९ अर्बको कारोबार

सेयर बजारमा ९ अर्बको कारोबार
विज्ञापन
Advertisement

काठमाडौं । साताको पहिलो कारोबार दिन आज धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.०३ विन्दुमा बन्द भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार विभिन्न कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा नौ अर्ब ४७ करोड तीन लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फाइस्ट्रक्चर डेभलपमेन्टको भएको छ । एनआरएनले ३३ करोड रुपैयाँ बढीको कारोबार गरेको हो ।

बिहीबारको तुलनामा आइतबार कारोबार रकम समेत साढे एक अर्बले बढेको छ ।

आज कारोबार भएका मध्ये १७६ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा ६३ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, चार कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आज विन नेपाल लघुवित्त, गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स र जानकी फाइनान्स गरी चार वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये निर्जीवन बिमा समूह र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै ४.९४ प्रतिशतले वृद्धि भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit