Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

प्राधिकरणले युरोपियन कम्पनीको यरबस हेलिकप्टर ल्याउन अनुमति नदिने

प्राधिकरणले युरोपियन कम्पनीको यरबस हेलिकप्टर ल्याउन अनुमति नदिने
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपियन कम्पनी यरबसको हेलिकप्टर आयातका लागि अनुमति नदिने निर्णय गरेको छ। अधिकांश कम्पनीले एयरबसकै हेलिप्टर उडाइरहेको र थप आयातका लागि अनुमति माग गर्दा आयात अनुमति नदिने भएको हो।

विज्ञापन
Advertisement
Advertisement

प्राधिकरणले युरोपियन कम्पनी एयरबसको हेलिप्टर नेपालमा ल्याउन तत्कालका लागि प्रतिबन्ध लगाएको हो। माउन्टेन एयरलाई हेलिप्टर ल्याउनका लागि अनुमति नदिने निर्णय प्राधिकरणले गरेको हो। प्राधिकरणले एयरबसका हेलिप्टर धेरै भएको र दुर्घटना उच्च हुँदा पनि सेफ्टीका लागि प्राविधिक सहायता नगरेको लगायतका कारण देखाउँदै एयरबसका हेलिकप्टर आयातमा प्रतिबन्ध लगाएको जनाएको छ ।

नेपालको उड्डयनमा एयरबसको बर्चस्व रहेको छ। आन्तरिक नियमित उडान बाहेक अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स र हेलिप्टर कम्पनीले एयरबसकै जहाज खरिद गर्दै आएका छन्। युरोपियन कम्पनीमै निर्भर भएर उड्डयन सेवा चलिरहेको भएपनि नेपालको उड्डयनलाई कालोसूचीमा यथावत राख्दै आएको छ। युरोपियन युनियनले नेपालको उड्डयनलाई दशकदेखि नै कालोसूचीमा राख्दै आएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले कालोसूचीबाट हटाउँदासमेत ईयूले हटाउन मानेको छैन। यही कारणले पनि प्राधिकरणले एयरबसमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको बुझिएको छ ।

प्राधिकरणले अमेरिकन कम्पनी बेलका हेलिकप्टर खरिद तथा आयात गर्न रोका लगाएको छैन। नेपालमा सिम्रिक एयरले बेलका हेलिकप्टर सञ्चालन गर्दै आएको छ। प्राधिकरणको यो निर्णयसँगै बेलका हेलिकप्टर आयात बढ्ने विश्वास गरिएको छ।

यस्तै, प्राधिकरणले युरोपीयन कम्पनीका जहाज मर्मत सेवालाई रोक लगाउने निर्णय गरेको छ। नेपालमा एमआरओ सेवाका लागि प्राधिकरणबाट अनुमति लिएका युरोपियन कम्पनीको अनुमति एकैपटक खारेज गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit