Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

पाथिभरा क्षेत्रमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान 

पाथिभरा क्षेत्रमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान 
विज्ञापन
Advertisement

काठमाडौं ।गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथिभरा क्षेत्रमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान बोलाएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको प्रश्नको जवाफ दिने क्रममा लेखकले हाल उक्त क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाएको र शान्ति सुरक्षा प्रदान गरिरहेको जानकारी दिँदै आन्दोलनरत पक्षलाई वार्तामार्फत समाधान खोज्न आह्वान गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्री लेखकले केबुलकार निर्माणका क्रममा उत्पन्न विवाद र देखा परेका समस्या समाधान गर्न गृह मन्त्रालयले पहलकदमी लिएको उल्लेख गरे । उनले भने , ‘सरकार वार्ता र संवादका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहन्छ, त्यसका लागि सम्बन्धित पक्षसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचचिवको संयोजकत्वमा गत माघ २० गते वार्ता टोली पनि गठन गरिएको छ, वार्ता टोलीले आन्दोलनरत पक्षसँग सहजीकरण गरिरहेको छ, पटक–पटक संवाद पनि भइरहेको छ ।’ मन्त्री लेखकले पछिल्लो समयमा वार्तामा केही अवरोध आएका कारण वार्ता समितिले आन्दोलनरत पक्षलाई वार्ताका लागि यही फागुन १२ गते पुनः आह्वान गरेको जानकारी दिए ।

आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । उनले शान्तिपूर्ण तवरबाट समस्याको समाधान गर्ने विषयलाई सरकारले अत्यन्त गम्भीरतापूर्वक लिएको प्रष्ट पारे । मन्त्री लेखकले केबलकार निर्माणका लागि वन क्षेत्रको प्रयोग गर्न दिने र त्यस क्षेत्रमा रहेका रुख बिरुवा हटाउन स्वीकृति दिने गरी सरकारको मन्त्रिपरिषद्बाट २०७५ साल पुस १६ गते नै निर्णय भएको जानकारी गराए ।

‘केबलकार निर्माण गर्ने कार्य पहिलेदेखि नै सुरु भएको थियो, निर्माणाधीन आयोजनाको सुरक्षार्थ तत्कालका लागि बटन स्टेसनमा सशस्त्र प्रहरी बल नेपालको सुरक्षा व्यवस्था क्याम्प स्थापना गर्ने सन्दर्भमा नेपाल प्रहरीसँगको सहकार्यमा परिचालन हुने गरी सुरक्षा व्यवस्थापन मिलाउन २०८० साल माघ २ गते तत्कालीन उपप्रधान तथा गृहमन्त्रीस्तरबाट निर्णय भएको थियो’, उनले भने  सोही अनुरुप सुरक्षाको निमित्त सोही ठाउँमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको उनको भनाई छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit