Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सिटिजन लाइफ इन्स्योरेन्सले २० प्रतिशत लाभांश दिने, पुस १८ गतेलाई बोलायो साधारणसभा

सिटिजन लाइफ इन्स्योरेन्सले २० प्रतिशत लाभांश दिने, पुस १८ गतेलाई बोलायो साधारणसभा
विज्ञापन
Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनिलाई २० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनी सञ्चालक समितिको मंसिर २६ गते बसेको बैठकले आउने पुस १८ गते नक्साल भाटभटेनी नजिकै एक वैक्वेटमा आफ्नो नवौं वार्षिक साधारण सभा आह्वान गर्दै लाभांश प्रस्ताव गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्तापुँजीको २० प्रतिशत बराबर हुन आउने १ अर्ब रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । जुन नवांै साधारण सभामा पारित हुनेछ।

यस्तै, सभामा वार्षिक प्रतिवेदनको आर्थिक वर्षका विवरणहरू, बाह्य लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण,लेखापरीक्षकको प्रतिवेदन, नाफा (नोक्सान विवरण, इक्विटी परिवर्तन लगायतका आर्थिक तथा वित्तीय प्रतिवेदनहरु पनि पारित गर्ने कम्पनीले जनाएको छ ।

लाभांश वितरण र साधारण सभाका लागि कम्पनीले पुस ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस ७ गतेसम्म नेप्सेमा कारोबार कायम भएका शेयरधनीले उक्त लाभांश पाउनेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit