Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सञ्चारमन्त्रीको आरोप–माओवादीले जनयुद्ध बेचेर खाइसक्यो

सञ्चारमन्त्रीको आरोप–माओवादीले जनयुद्ध बेचेर खाइसक्यो
विज्ञापन
Advertisement

काठमाडौं ।  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (माओवादी केन्द्र) ले ‘जनयुद्ध’ बेचेर खाएको आरोप लगाएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार सहिद यदुकुमार गौतमको २६औँ स्मृति दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा उनले माओवादी हिंसा भन्ने शब्दबाट किन भागेको ? भन्दै प्रश्न गरेका छन् ।

मन्त्री गुरुङले भने, ‘माओवादी हिंसा भन्ने शब्दबाट किन भागिरहेको छ ? माओवादबाट किन भागिरहेको छ ? जनयुद्ध त बेचेर खाइसक्यो।’ उनले माओवादी संकटमा भएर नाटक गरिरहेको आरोप लगाउँदै भने, ‘माओेवादको औचित्य समाप्त भयो । माओवादको ट्याग लगाइरहेको छ । जनयुद्ध ठिक भन्न सकेको छ आज ? ।’

गाउँ रित्तो हुन ‘जनयुद्ध’कालबाट सुरु भएको टिप्पणी गरेका उनले राजतन्त्र ‘बुलेट’बाट नभएर ‘ब्यालेट’बाट पराजित भएको उल्लेख गर्दै ‘जनयुद्ध’ गलत भएको टिप्पणी गरे । उनले भने, ‘हामीले मत खसालेर राजा फालेको इतिहास छ । माओवादीले हिंसात्मक बाटो रोजे, जसले मुलुकको विकासमा २५ वर्ष पर धकेलिएको छ ।’

नेकपा एमालेका उपमहासचिव समेत रहेका मन्त्री गुरुङले माओवादीलाई रुकुम, रोल्पाबाट पराजित नगरे देशमा अस्थिरता कायमै रहने चर्चा गरे ।  सामाजिक सञ्जालबाट धर्म, सांस्कृतिक सहअस्तित्व भड्काउन मानिस प्रयोग गरिएको भन्दै उनले सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुन बनाउन लागेको बताए ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit