Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउने स्पष्ट गरेकी छन् ।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रमका दौरान मंगलबार नवलपरासी बर्दघाट सुस्तापूर्व पुगेकी प्रधानमन्त्री कार्कीले मौसमका कारण निर्वाचन हुनै नसक्ने अवस्था आए हिमाली जिल्लामा सरकारले दोस्रो चरणमा चुनाव गराउने बताएकी हुन् । प्रधानमन्त्री कार्कीले भनिन्, ‘विषेशगरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउँछौ ।’

कम मतदाता भएका स्थानमा सवारीसाधनको प्रयोग गरेर मतदाता ओसारेरै भए पनि निर्वाचन सम्पन्न गराइने उनको भनाइ छ । यस्तै, प्रधानमन्त्री कार्कीले अहिलेसम्म कुनै पनि कारणले निर्वाचन सार्ने विषयले प्रवेश नै नपाएको दाबी गर्दै ढुक्कका साथ आगामी फागुन २१ गतेको चुनावमा भाग लिन सबैलाई आग्रह गरिन् ।

विशेष परिस्थितमा हुन लागेको निर्वाचन भएकाले केही चुनौती आइपरे पनि समाधान गरेर निर्वाचन गराइने प्रधानमन्त्री कार्कीले बताइन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit