images images images
images images images
images
images
images

टीभीएस अपाचेले १ लाख सेलिब्रेशन डे मनाउँदै, बाइक अपग्रेड गर्ने अवसर

images

काठमाडौं ।  नेपालको प्रिमियम मोटरसाइकल सेग्मेन्टमा अग्रणी टीभीएस अपाचेले ‘१ लाख सेलिब्रेशन डे’का अवसरमा रोमाञ्चक कार्यक्रम ‘एक्सचेन्ज मेनिया’ को आयोजना गर्ने घोषणा गरेको छ ।

काठमाडौंको यूएन पार्कमा आयोजना गरिने यस विशेष कार्यक्रमले बाइक पारखीह राइडरहरू र परफर्मेन्स बाइकिङका प्रशंसकहरूलाई अद्वितीय अनुभव प्रदान गर्ने उद्देश्य रहेको कम्पनीको भनाइ छ ।
कार्यक्रममा सहभागीहरुले टेस्ट राइड्स र अब्स्ट्याकल च्यालेन्जहरू, स्लो रेस प्रतियोगिता र जिमखाना स्किल्स, स्टण्ट शोहरू र इनफ्लुएन्सर मिटअप्स जस्ता विभिन्न मनोरञ्जनात्मक खेलकुद गतिविधि गर्न पाउने कम्पनीले जनाएको छ । सहभागीका लागि गिफ्ट ह्याम्परहरू र थप आकर्षक उपहारको समेत व्यवस्था छ । कार्यक्रमलाई थप रोमाञ्चक बनाउन, उच्च–स्तरीय स्टण्ट शो को प्रदर्शन हुनेछ जसमा हिद्देन एक्सनका प्रो स्टन्ट राइडरले आफ्नो स्टन्ट प्रस्तूत गर्नेछन् । यसले टीभीएस अपाचेको शक्ति र क्षमताको प्रदर्शन हुनेछ ।

images
images

फाल्गुन २३ देखि २६ सम्म आयोजना गरिने टीभीएस अपाचे ‘एक्सचेन्ज मेनिया’ बाइक प्रेमीहरूले आफ्नो पुरानो बाइक नयाँ टीभीएस अपाचेका मोडेलसँग साट्न र बाइक अपग्रेड गर्ने अवसर प्राप्त गर्नेछन् ।  यस कार्यक्रम अन्तर्गत ग्राहकहरूले २ वर्ष निःशुल्क स्पेयर पाट्स, इन्जिन आयल, र सर्भिसको मज्जा लिनुका साथै, ३१ हजारसम्म बचत गर्ने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

यस्तै, एक्सचेन्ज मूल्याङ्कनमा १० हजार सम्मको मुल्यांकन सुविधा, आकर्षक फाइनान्सिङ योजना लगायत सुविधापनि उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ । ग्राहकले ७.९९ प्रतिशत ब्याजदरमा १८ महिने किस्ताबन्दीमा बाइक खरिद गर्ने अवसर प्राप्त गर्नेछन् । नयाँ अपाचे खरिदकर्ताहरूलाई निःशुल्क एक्सेसरीजको ब्यवस्था गरेको कम्पनीले जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्