Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नबिल बैंकद्वारा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वाकाथन आयोजना

नबिल बैंकद्वारा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वाकाथन आयोजना
विज्ञापन
Advertisement

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय नारी दिवस २०२५ को अवसरमा ‘वुमन इन मोसन–एक्सलेरेट एक्सन’ शीर्षकमा वाकाथन आयोजना गरेको छ। महिलाको सहनशीलता, उपलब्धि र योगदानको उत्सव मनाउने उद्देश्यसहित आयोजित वाकाथनमा बैंकका १,२०० भन्दा बढी कर्मचारी सहभागी भएका थिए।

विज्ञापन
Advertisement
Advertisement

बैंकको केन्द्रीय कार्यालयबाट वाकाथनको सुरुआत गर्दै अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले महिलाहरूलाई शुभकामना दिँदै बैंकले महिला सशक्तीकरणलाई प्राथमिकता दिएको उल्लेख गरे। उनले बैंकका विभिन्न विभागहरूमा महिलाहरू नेतृत्वदायी भूमिकामा रहेको र बैंकको विकासमा उनीहरूको योगदान महत्वपूर्ण रहेको बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले नबिल बैंकले मार्च महिनाभरि नै महिला सशक्तीकरणका विभिन्न कार्यक्रम आयोजना गर्ने जानकारी गराउँदै भने, ूमहिलाहरू पनि नेतृत्वका लागि अगाडि आउन जरुरी छ, र बैंकले उनीहरूलाई अवसर उपलब्ध गराउन प्रतिबद्ध छ।

बैंकका अनुसार, काठमाडौं, विराटनगर, बिर्तामोड, जनकपुर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, तुलसीपुर, सुर्खेत, धनगढी, बुटवल, र नारायणगढ गरी १२ स्थानबाट एकैसाथ वाकाथन सुरु गरिएको थियो। यस कार्यक्रममार्फत लैंगिक समानताको सन्देश प्रवाह गर्दै समावेशी समाज निर्माणका लागि सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले व्यक्त गरेको छ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो। ४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुआत गर्दै आएको बैंकले हाल २६८ शाखा र ३२० एटिएममार्फत २४ लाखभन्दा बढी सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गरिरहेको छ।

 

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit