Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

काठमाडौं महानगरले राप्रपालाई तिरायो एक लाख जरिवाना

काठमाडौं महानगरले राप्रपालाई तिरायो एक लाख जरिवाना
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सार्वजनिक स्थलमा फोहोर फैलाएको आरोपमा १ लाख जरिवाना गरेको छ। महानगरपालिकाका अनुसार फागुन २५ गते राप्रपा मुख्यालय धुम्बाराहीबाट आयोजित कार्यक्रममा सहभागीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगंगा, गौशाला लगायतका सार्वजनिक स्थानका सडक, सडकपेटी तथा हरियाली क्षेत्रमा फोहोरमैला फ्याँकेका थिए। साथै, सडकका रेलिङ्ग र हरियाली संरचनाहरूमा समेत क्षति पुर्याइएको बताइएको छ।

विज्ञापन
Advertisement
Advertisement

महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, तथा काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम राप्रपालाई जरिवाना गरिएको जानकारी गराएको छ। यस विषयमा राप्रपाले कुनै प्रतिक्रिया दिएको छैन।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit