काठमाडौं । देशकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले नयाँ वर्षलाई लक्षित गर्दै ‘दराज १.१, द नं १ सेल’ सार्वजनिक गरेको छ।
ग्राहकहरूलाई वर्षको सुरुवात आकर्षक छुट र अफरहरूसँगै गराउने उद्देश्यसहित ल्याइएको यो सेल डिसेम्बर ३१, २०२५ (पुष १६, २०८२) राति ८ बजेदेखि सुरु भई जनवरी ५, २०२६ (पुष २१, २०८२) सम्म सञ्चालन हुनेछ।
सेल अवधिभर ग्राहकहरूले विभिन्न श्रेणीका उत्पादनहरूमा ७० प्रतिशतसम्मको फ्ल्यास सेल, ६० प्रतिशतसम्मको मेगा डिल, साथै छानिएका सामग्रीहरूमा निःशुल्क डेलिभरी सुविधा प्राप्त गर्न सक्नेछन्।
यस अभियानमा विशेष साझेदार अफरहरू पनि समावेश गरिएका छन्। गोल्ड पार्टनर ब्राण्डहाउसले एडिडास र रिबकजस्ता लोकप्रिय अन्तर्राष्ट्रिय ब्रान्डहरूमा ६० प्रतिशतसम्मको छुट उपलब्ध गराउनेछ। त्यस्तै, सिल्भर पार्टनर नाइकका तर्फबाट ५० प्रतिशतसम्मको छुट प्रदान गरिनेछ। यसले प्रिमियम ब्रान्डका उत्पादनहरूलाई अझ किफायती बनाउने विश्वास दराजले लिएको छ।
‘दराज १.१, द नं १ सेल’ को प्रमुख आकर्षणका रूपमा क्रेजी फ्ल्यास सेल पनि रहनेछ। डिसेम्बर ३१ राति ८ बजेदेखि सुरु हुने यी अफरहरू सीमित समय र सीमित स्टकमा उपलब्ध हुनेछन्। साथै, अभियान अवधिभर दैनिक फ्ल्यास सेल मार्फत सामान्यभन्दा कम मूल्यमा विभिन्न आकर्षक अफरहरू उपलब्ध गराइनेछन्, जसले ग्राहकलाई प्रत्येक दिन नयाँ छुटको अनुभव प्रदान गर्नेछ।
ग्राहकको विश्वासलाई अझ सुदृढ बनाउने उद्देश्यसहित ‘बेस्ट प्राइस’ ट्याग भएका उत्पादनहरूमा यस पटक पनि दराजको २ गुणा मूल्य अन्तर फिर्ता ग्यारेन्टी लागू हुनेछ। यदि नेपालभित्र कुनै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन कम मूल्यमा उपलब्ध भएको पाइएमा र आवश्यक सर्तहरू पूरा भएमा, दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्ने व्यवस्था गरेको छ।
छुट र अफरभन्दा पर, दराज १।१, द नं १ सेलले ग्राहकलाई सहज, भरपर्दो र लाभदायक अनलाइन किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ। यस अवसरमा स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो तथा वेयरेबल्स, फर्निचर, होम डेकोर लगायतका विभिन्न श्रेणीका उत्पादनहरूमा आकर्षक अफरहरू उपलब्ध हुनेछन्।

















प्रतिक्रिया दिनुहोस्