Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

निरन्तर प्रगतिको यात्रामा नेशनल लाइफ : पहिलो पटक कन्भेन्सनल बीमाबाट ५० करोडको ऐतिहासिक उपलब्धि

निरन्तर प्रगतिको यात्रामा नेशनल लाइफ : पहिलो पटक कन्भेन्सनल बीमाबाट ५० करोडको ऐतिहासिक उपलब्धि
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बीमा बजारमा उल्लेखनीय उपस्थिति कायम राख्दै आएको नेशनल लाइफ इन्स्योरेन्सले आफ्नो ३८ वर्षे इतिहासमै पहिलो पटक एक महिनाभित्र सावधिक (कन्भेन्सन) बीमालेख बिक्रीबाट ५० करोड रुपैयाँभन्दा बढी प्रथम बीमाशुल्क आर्जन गर्ने सफलता हासिल गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेशनल लाइफले चालू आर्थिक वर्ष २०८१\८२ को फागुन महिनामा लघु बीमा, वैदेशिक रोजगारी बीमा तथा परम्परागत बीमालेखहरू बिक्री गर्दै कुल ५७ करोड ९० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। यसमध्ये, वैदेशिक रोजगारी बीमाबाट १ करोड १८ लाख तथा लघु बीमाबाट ६ करोड ६८ लाख रुपैयाँ आर्जन गरिएको छ।

यसअघि, माघ महिनामा नेशनल लाइफले मात्र साधारण प्रकृतिका बीमालेख बिक्री गरेर ३२ करोड २८ लाख रुपैयाँको बीमाशुल्क संकलन गरेको थियो। त्यस्तै, वैदेशिक रोजगारी बीमाबाट २ करोड ७ लाख २८ हजार तथा म्यादी जीवन बीमालेखबाट ७ करोड २५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरिएको थियो।

अभूतपूर्व वृद्धि र ऐतिहासिक उपलब्धि

नेशनल लाइफले आर्थिक वर्ष २०८१\८२ को पहिलो सात महिनासम्म (माघ मसान्तसम्म) २ अर्ब ७३ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरिसकेको छ। यो अघिल्लो वर्षको तुलनामा २४.०९ प्रतिशतको नयाँ व्यापार वृद्धि हो। फागुन मसान्तसम्ममा कुल ३ अर्ब ३० करोड रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गर्दै कम्पनीले नेपाली बीमा बजारमा आफ्नो मजबुत उपस्थिति प्रमाणित गरेको छ।

स्थिर वृद्धि र नवप्रवर्तनको प्रतिबद्धता

नेशनल लाइफको यो ऐतिहासिक उपलब्धि कम्पनीको निरन्तर सुधार, रणनीतिक योजनाबद्धता तथा ग्राहक केन्द्रित सेवाको परिणाम हो। आधुनिक बीमा योजनाहरू, प्रविधि(सक्षम सेवा वितरण तथा बलियो वितरण सञ्जालको कारणले कम्पनीको बीमा कारोबार दिनप्रतिदिन विस्तार हुँदै गएको छ।

नेशनल लाइफ इन्स्योरेन्सले आगामी दिनहरूमा पनि ग्राहकहरूको आवश्यकताअनुसार नवीन तथा आकर्षक बीमा योजनाहरू ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीको यो निरन्तर प्रगति नेपाली बीमा बजारको समग्र वृद्धिको संकेत हो।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit