Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

नेपाल सुपर लिगको तेस्रो सिजनका लागि खल्ती र आइएमई पे आधिकारिक टिकटिङ पार्टनर घोषित

नेपाल सुपर लिगको तेस्रो सिजनका लागि खल्ती र आइएमई पे आधिकारिक टिकटिङ पार्टनर घोषित
विज्ञापन
Advertisement

काठमाडौं । नेपालकै पहिलो र एकमात्र फ्रेन्चाइज फुटबल लिग, एनसेल नेपाल सुपर लिग ले तेस्रो सिजनका लागि डिजिटल टिकटिङलाई सहज बनाउन खल्ती र आइएमई पे लाई आधिकारिक टिकटिङ पार्टनरको रूपमा घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

त्रिपक्षीय सम्झौतामार्फत गरिएको यस सहकार्यले फ्यानहरूलाई डिजिटल माध्यमबाट सहजै टिकट खरिद गर्न सक्षम बनाउनेछ। मार्च २९ बाट सुरु हुने लिगका लागि खल्ती र आइएमई पेको डिजिटल वालेट, मोबाइल बैंकिङ, तथा अन्य अनलाइन भुक्तानी सेवाहरू प्रयोग गरेर सहजै टिकट खरिद गर्न सकिनेछ।

एनएसएलको लक्ष्य फुटबलप्रेमीहरूको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउनु हो। डिजिटल टिकटिङ प्रणाली लागू भएपछि, फ्यानहरूलाई मोबाइलबाटै टिकट खरिद गर्न सकिने,भौतिक लेनदेनको झन्झट हट्ने, सहज र सुरक्षित डिजिटल भुक्तानी प्रणाली उपलब्ध हुने जनाइएको छ ।

नेपाल सुपर लिगका प्रबन्ध निर्देशक श्रेयांस कार्की भन्छन्, ‘नेपालका सबैभन्दा भरपर्दा डिजिटल पेमेन्ट प्लेटफर्महरू खल्ती र आइएमई पे सँगको सहकार्यले फ्यानहरूको अनुभवलाई अझ सहज बनाउनेछ। हाम्रो उद्देश्य एनएसएललाई डिजिटल, अन्तरक्रियात्मक र सहज रूपमा पहुँचयोग्य बनाउनु हो।’

आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मी का अनुसार, ‘नेपाल सुपर लिगको पार्टनर बन्न पाउँदा हामी गर्व गर्छौं। डिजिटल समाधानहरू मार्फत फ्यान अनुभवलाई उत्कृष्ट बनाउने र खेलकुदको प्रवर्द्धन गर्ने हाम्रो लक्ष्य हो।’,यस साझेदारीले लिगलाई आधुनिक प्रविधिसँग जोड्ने प्रयासलाई अगाडि बढाएको छ। डिजिटल टिकटिङ प्रणालीले नेपालभरका फुटबलप्रेमीहरूलाई खेलसम्म सहज पहुँच पुर्‍याउनेछ। साथै, खेलकुद क्षेत्रमा डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न यस कदमलाई निकै महत्वपूर्ण मानिएको छ।

नेपाल सुपर लिगको तेस्रो सिजनलाई अझ रोमाञ्चक बनाउन एनएसएल व्यवस्थापनले थप नवीनतम प्रविधि र फ्यान(मैत्री सेवा उपलब्ध गराउने योजना बनाइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit