Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बैंकिङ प्रणाली, डिजिटल भुक्तानीलगायतका विषयमा सचेत गराउन कुमारी बैंकको साक्षरता कार्यक्रम

बैंकिङ प्रणाली, डिजिटल भुक्तानीलगायतका विषयमा सचेत गराउन कुमारी बैंकको साक्षरता कार्यक्रम
विज्ञापन
Advertisement

काठमाडौं ।  ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंक लिमिटेडले सातै प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ।

विज्ञापन
Advertisement
Advertisement

डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग, फाइनान्सियल इन्फ्लुयन्सरको प्रभाव र बढ्दो कृतिम बौद्धिकता (एआई) को प्रवेशले सर्वसाधारण तथा
विषेशगरी युवाहरुलाई सही वित्तीय जानकारी छनोट गर्न चुनौतीपूर्ण बनाइरहेको सन्दर्भमा सचेत र जिम्मेवार वित्तीय निर्णय लिन सहयोग पुर्‍याउने उद्देश्य राखि बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

कार्यक्रमअन्तर्गत, सहभागीहरूलाई बैंकिङ प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन तथा दीर्घकालीन वित्तीय योजनाबारे विस्तृत जानकारी प्रदान गरिएको छ । कार्यक्रमबाट कुमारी बैंकले युवाहरूलाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छ।

यस्तै, बैंकले भविष्यमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

कुमारी बैंकले देशभर रहेका आफ्ना ३ सय २ शाखा सञ्जाल, ३ सय १६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइमार्फत अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit