Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सिटिजन्स बैंकको २००औं शाखा खोटाङ दिक्तेलमा सञ्चालन

सिटिजन्स बैंकको २००औं शाखा खोटाङ दिक्तेलमा सञ्चालन
विज्ञापन
Advertisement

खाेटाङ । खोटाङको दिक्तेलमा सिटिजन्स बैंकको २००औं शाखा सञ्चालनमा आएको छ। बैंकले कोशी प्रदेशको खोटाङ जिल्ला, दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिका वार्ड १ मा नयाँ शाखा खोलेको हो।

विज्ञापन
Advertisement
Advertisement

नयाँ शाखाको उद्घाटनसँगै कोशी प्रदेशमा बैंकका शाखा संख्या २८ पुगेको छ। शुक्रबार आयोजित कार्यक्रममा पूजा पाठ गरी बैंकिङ्ग कारोबार सुरु गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए। उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो।

बैंकले नयाँ शाखामार्फत सम्पूर्ण रिटेल बैंकिङ सेवा उपलब्ध गराउनुका साथै साना तथा मझौला व्यवसायीहरूलाई वित्तीय पहुँच पुर्याउने लक्ष्य लिएको छ। नयाँ खातामा पहिलो वर्षका लागि कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा निःशुल्क दिइनेछ भने डिम्याट खाता खोल्दा पनि शुल्क छुटको व्यवस्था गरिएको छ।

शाखा उद्घाटनकै अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वार्ड ९ मा रहेको महेन्द्रोदय माध्यमिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ। प्रमुख कार्यकारी अधिकृत पोखरेलले विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गर्दै यसले विद्यार्थीहरूलाई ठूलो लाभ पुग्ने विश्वास व्यक्त गरे।

 

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit