Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पहिलो त्रैमाससम्म आउँदा एनएमबी बैंकको खुद नाफा ९१ करोड ५९ लाख,वितरणयोग्य मुनाफा १ अर्ब ९४ करोड

पहिलो त्रैमाससम्म आउँदा एनएमबी बैंकको खुद नाफा ९१ करोड ५९ लाख,वितरणयोग्य मुनाफा १ अर्ब ९४ करोड
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनएमबी बैंकको खुद नाफा घटेको छ । यस बैंकको खुद ब्याज आम्दानी बढे पनि इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो।

विज्ञापन
Advertisement
Advertisement

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा बैंकले ९१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यस बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०।०४ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २४.४९ प्रतिशतले घटेर २ अर्ब ४८ करोड ७२ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा यस बैंकको यस्तो नाफा १ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ रहेको थियो । यसैगरी, खुद फि तथा कमिसन आम्दानी १४.३७ प्रतिशत बढेर ७१ करोड ६१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ६२ करोड ६१ लाख रुपैयाँ खुद फि तथा कमिसन आम्दानी गरेको थियो ।

चालु आवको पहिलो त्रैमाससम्म बैंकले ३ अर्ब ४४ करोड ४९ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । बैंकको यस्तो आम्दानी गत आवको तुलनामा २३.४७ प्रतिशत बढेको हो । गत आवमा यस बैंकले यस्तो आम्दानी २ अर्ब ७८ करोड ९९ लाख रुपैयाँ गरेको थियो ।

यस अवधिसम्म आउँदा बैंकको सञ्चालन मुनाफा १४.३१ प्रतिशत घटेर १ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ कायम भएको छ। बैंकको इम्पेरमेन्ट चार्ज ७१ करोड ३९ लाख रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९४ करोड रुपैयाँ रहेको छ।

बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ घटेर १९ रुपैयाँ ९५ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.७८ गुणा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit