Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

भाडा नतिर्ने उद्योगमाथि सरकारको एक्सन : ४५ उद्योग अन्धकारमा, दुई सातामा उद्योगीबाट ४२ करोड बक्यौता असुल

भाडा नतिर्ने उद्योगमाथि सरकारको एक्सन : ४५ उद्योग अन्धकारमा, दुई सातामा उद्योगीबाट ४२ करोड बक्यौता असुल
विज्ञापन
Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि औद्योगिक क्षेत्रको वर्षौँदेखि उठ्न नसकेको भाडा बक्यौता उठ्ने क्रमले तीव्रता पाएको छ। मन्त्रालयका अनुसार पछिल्लो दुई सातामै ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ बक्यौता असुल भएको हो।

विज्ञापन
Advertisement
Advertisement

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार मन्त्री यादवले लामो समयदेखि भाडा नतिरी बसेका उद्योग तथा कार्यालयहरूबाट तत्काल बक्यौता उठाउन निर्देशन दिएपछि असुली अभियान तीव्र बनाइएको छ।

लिमिटेडका महाप्रबन्धक पदम ओलीका अनुसार केही उद्योगले वि.सं. २०४५ सालदेखि नै भाडा तिरेका थिएनन्। केही दिनअघि करिब ६ सय ३५ उद्योग तथा कार्यालयलाई सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र बक्यौता भुक्तानी गर्न आग्रह गरिएको थियो। त्यसपछि अधिकांश उद्योगले धमाधम बक्यौता चुक्ता गरेका छन्।

भाडा नतिर्ने ४५ उद्योगको लाइन काटियो

भाडा नतिर्ने उद्योगविरुद्ध थप कडा कदम चाल्दै लिमिटेडले विद्युत सेवा नै अवरुद्ध गर्न थालेको छ। मन्त्री यादवको निर्देशनअनुसार सुरुआतमा करिब २ सयभन्दा बढी उद्योगको विद्युत लाइन काटिएको थियो। तीमध्ये अधिकांशले बक्यौता तिरेपछि लाइन पुनः जडान गरिएको छ। तर, अझैसम्म भाडा नतिर्ने ४५ वटा उद्योगको विद्युत लाइन काटिएको महाप्रबन्धक ओलीले जानकारी दिए। मन्त्री यादवले बक्यौता पूर्ण रूपमा चुक्ता नभएसम्म ती उद्योगको विद्युत सेवा पुनः सञ्चालन नगर्न स्पष्ट निर्देशन दिएको लिमिटेडले जनाएको छ।

ठूला बक्यौतादारमाथि पनि कारबाही

लिमिटेडका अनुसार बक्यौता राख्ने उद्योगहरूमध्ये कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रालिको करिब ३ करोड ६९ लाख रुपैयाँ तथा सोही सञ्चालकको अर्को कम्पनी कन्टिनेन्टल सर्भिसेज प्रालिको करिब १ करोड रुपैयाँ भाडा उठ्न बाँकी छ। यी दुवै कम्पनीको विद्युत लाइन काट्ने प्रक्रिया अघि बढाइएको जनाइएको छ। महाप्रबन्धक ओलीका अनुसार भाडा असुलीका क्रममा विभिन्न दबाब आएता पनि मन्त्रालयको स्पष्ट निर्देशन र प्रशासनिक दृढताका कारण छोटो अवधिमै ४२ करोडभन्दा बढी बक्यौता उठाउन सफलता मिलेको हो।

लिमिटेडले अब पनि बक्यौता नतिर्ने उद्योगविरुद्ध कानुनी तथा प्रशासनिक कारबाहीलाई थप कडाइका साथ अघि बढाइने जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit