काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । मंगलबार तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १ सय १० रुपैयाँले बढेर १ हजार ९९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्